June 25th, 2017

नेप्सेमा एकैदिन थपियो ६४ लाखभन्दा बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन दुई विकास बैंकले ६४ लाख आठ हजार ८८ दशमलव ७० कित्ता सेयर सूचिकृत गराएका छन् । देवः विकास बैंकको बोनस तथा हकप्रद र एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा कारोबारका सूचिकृत भएको हो ।

देवः विकास बैंकको १२ लाख ३३ हजार पाँच सय २३ दशमलव ३१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको छ भने ४४ लाख पाँच हजार चार सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर पनि आईतबार नै सूचिकृत गराएको छ ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले पनि आईतबार नै सात लाख ६९ हजार एक सय २५ कित्ता बोनस सेयर सूचिकरण गरेको छ ।

सेयरधनीले अबको एक साताभित्र उक्त सूचिकृत सेयर कारोबार गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]