June 20th, 2017

नेपाल बंगलादेश बैंकको सेयर लिलामीमा आउने

नेपाल बंगलादेश बैंकले नौ लाख ८८ हजार एक सय २० कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले गत बैशाख १ गतेदेखि जेठ १० गतेसम्म खुला गरेको ८० प्रतिशत हकप्रद निष्काशनका क्रममा नबिकेको सेयर असार १४ गतेदेखि २१ गतेसम्म लिलामीमा निकाल्न लागेको हो । 

बैंकले संस्थापक तर्फको १९ लाख पाँच सय ११ र सर्बसाधारण समुह तर्फ नौ लाख ६८ हजार छ सय नौ कित्ता सेयर लिलामीमा निकाल्ने छ । उक्त सेयरमा न्यूनतम १०० रुपैयाँमा बोलकबोल गर्नुपर्नेछ । सर्वसाधारणले न्युनतम १०० कित्ता माथि शेयर आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । बैंकको बोलकबोल शिलबन्दी फाराम असार २३ गते खोल्ने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]