September 1st, 2017

नेपाल ग्रामिण विकास बैंकको एफपिओ भदौ २७ गतेदेखि

नेपाल ग्रामीण विकास बैंकले यही भदौ २७ गतेदेखि नौ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले आईपिओकै भाउमा अर्थात एक सय रुपैयाँ प्रतिकित्ताका दरले नौ करोड ७५ लाख रुपैयाँ बराबरको एफपिओ निष्काशन गर्न लागेको हो । 

बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको सेयरमा लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ । बैंकको शेयरमा न्यूनतम ५० कित्ता देखि अधिकतम ४८७० कित्ता शेयरमा आवेदन दिन सकिनेछ ।

बैंकको एफपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैंककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]