February 9th, 2018

धितोपत्र बोर्डको नयाँ निर्देशिका (१० बुँदामा)

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ जारी गरेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत संगठित संस्थाहरुलाई नियमित तथा व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन २०६३ प्रयोग गर्दै बोर्डले निर्देशिका जारी गरेको हो । निर्देशनमा उल्लेख गरिएका मूख्य व्यवस्थाहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ :

  • कम्पनीले पूँजी तथा सेयरको संरचना तथा वित्तीय अवस्थाका बारेमा सूचना तथा जानकारी प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ढाँचाको अनुसरण गर्नुपर्ने ।
  • सूचिकृत कम्पनीका संचालकको कार्यकाल ४ वर्षभन्दा धेरै हुन नहुने तथा स्वतन्त्र संचालक निर्वाचित गर्दा सम्बन्धित क्षेत्रमा ज्ञान प्राप्त भएको हुनुपर्ने ।
  • धितोपत्र निष्कासन सम्बन्धी ऐन अन्तर्गत सजाय पाएको व्यक्ति १० वर्षसम्म कुनै पनि कम्पनीको संचालक हुन नपाइने ।
  • कम्पनीको अध्यक्ष र कार्यकारी अधिकृत अलग अलग हुनुपर्ने ।
  • कुनै पनि कम्पनीको संचालक भएको १५ दिनभित्रमा उसको नाममा तथा परिवारको नाममा भएको सेयरको बारेमा लिखित जानकारी गराउनुपर्ने ।
  • संचालक रहेको कम्पनी अन्तर्गतका अन्य कुनै पनि कम्पनीको समेत सेयर कारोबार गर्न नपाइने ।
  • सेयरधनीको कुनै पनि निजी सम्पत्ति भाडामा लिएर कारोबार गर्न नपाउने ।
  • कम्पनीले परिपालन अधिकृत तोक्दा ब्यवस्थापन, बाणिज्यशास्त्र, कानुन विषयमा कम्तीमा स्नातक गरी तथा ३ वर्षको अनुभव भएको कर्मचारीलाई तोक्नुपर्ने ।
  • लेखापरीक्षणका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जनाको एक स्वतन्त्र लेखापरिक्षण समिति गठन गर्नुपर्ने ।
  • सूचिकृत संघठित संस्थाका संचालकले एकाघरका परिवारको वित्तीय स्वार्थ पूरा हुने गरी ऋण सापटी तथा रकम लिने दिने काम गर्न नपाइने ।

बोर्डले निर्देशिका पालनाको लागि सूचिकृत सबै कम्पनीलाई २०७५ असारसम्मको अल्टिमेटम दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]