तिनाउ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड १८ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुणाले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा तिनाउले दुई करोड ५६ लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा गरेको प्रगतीले बैंकको नाफामा प्रगती भएको हो । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ७७ दशमलव ४७ प्रतिशत बढेर नौ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९७ दशमलव ६४ प्रतिशत बढेर सात करोड ९५ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको निक्षेप दुई अर्ब ८० करोड ३८ लाख ५३ हजार रुपैयाँबाट बढेर तीन अर्ब ६४ करोड नौ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी दुई अर्ब सात करोड ६० लाख ६४ हजार रुपैयाँबाट बढेर तीन अर्ब नौ करोड ९४ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
३८ करोड ७५ लाख ६० हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले यो अवधिमा तीन लाख ५९ हजार खराब कर्जा उठाएको छ । निष्कृय बर्जा ०.३४ प्रतिशत भएको तिनाउले जगेडा कोषमा नौ करोड २३ लाख २१ हजार रुपैयाँ राखेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको जगेडा कोष ८८.११ प्रतिशतले बढेको हो ।