August 31st, 2017

डिप्रोक्स लघुवित्तमा रहेको नेपाल बैंकको सेयर आजदेखि विक्रीमा

नेपाल बैंकले आफ्नो नाममा भएको डिप्रोक्स लघुवित्त विकास बैंकको साधारण सेयर विक्रीमा राखेको छ । विहीबारदेखि बैंकले गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यपिटल लिमिटेडका अनुसार बोलपत्र असोज ४ गतेसम्म खुल्ला रहनेछ ।

बोलपत्रको लागि सेयरको न्युनतम मुल्य १२०० रुपैयाँ तोकिएको छ । न्युनतम एक सय कित्तादेखि अधिकतम एक लाख ८० हजार तीन सय ७८ कित्तासम्मका लागि आवेदन दिन पाइने बताइएको छ ।

बैंकले आवेदन परेका शिलबन्दी बोलपत्र असोज ६ गते विहान ७ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायण चौरमा खोल्ने बताएको  छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]