August 30th, 2017

जेविल्स फाइनान्सको हकप्रद असोज १ देखि : थाहा पाइराख्नुहोस्, आवेदन दिने स्थानहरु

जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

कात्तिक ५ गतेसम्म खुला रहने हकप्रद सेयरमा भदौ १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । फाइनान्सको हकप्रद आवेदन सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाइनान्स न्युरोड, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा,  वीरगञ्ज, बुटवल  र  नारायणगढबाट भर्न पाइने सनराइज क्यापिटलले जनाएको छ।
 
हकप्रद जारी गरेसँगै फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]