June 7th, 2017

जनता बैंकका सिईओ कुमार लम्सालले राजिनामा दिए

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कुमार लम्सालले पदबाट राजिनामा दिएका छन् । लम्सालले बिहीबारदेखि लागू हुनेगरी दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको बताइएको छ । लम्सालले कार्यकाल दुई वर्ष बाँकी छँदै राजिनामा दिएका हुन् । 

उनले ०७२ जेठ ११ गतेदेखि जनता बैंकमा सिईओको कार्यभाल सम्हालेका थिए । राष्ट्र बैंकले पुँजीवृद्धिको नीति ल्याएपछि लम्सालले जनता बैंकको पुँजीवृद्धिका लागि थुप्रै महत्वपूर्ण र सफल निर्णयहरु लिए । राष्ट्रिय स्तरको विकास बैंक त्रिवेणी विकास बैंकसँग मर्जरमा गएको बैंकले अब सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउँदैछ ।

प्रभु बैंक र सानिमा बैंकमा सिईओ भएर काम गरिसकेका लम्सालसँग २६ वर्ष बैंकिङ गरेको अनुभव छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]