February 11th, 2018

गणपति माइक्रोफाइनान्सको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन 

गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आ.ब. २०७४/०७५ को दोश्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल सिद्घार्थ रिभर साइड चुम्लीङ्गटार चितवनमा भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।

माघ २६ गते चलेको कार्यक्रममा हाल संचालनमा रहेका २० वटा शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । उक्त्त एक दिने कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विष्णु प्रसाद ढकाल, लेखा वित्त तथा सुचना प्रविधि विभाग प्रमुख अनित जंग पाण्डे र कर्जा योजना तथा अनुगमन विभाग प्रमुख प्रभुराज थापाले प्रशिक्षण दिएका थिए ।

२६ गते शुक्रबार संस्थाका प्रमुख कार्यकारी अधिकृतको समिक्षात्मक मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]