March 31st, 2016

‘नेपालमा लगानी गर’ : गभर्नर डा. नेपाल 

chiranjibi nepalनेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै विश्व लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि गभर्नर डा.नेपालले नेपालको वित्तिय क्षेत्रको समग्र अवस्थाबारे पनि जानकारी गराएका छन् । विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग दुइपक्षिय भेटवार्तामा उनले नेपाल लगानीका लागि ‘भर्जिन’ क्षेत्र भएको बताए । नेपाली बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय प्रविधिबाटै अघि बढेको सम्बन्धमा पनि डा. नेपालले जानकारी गराए । डा.नेपालले भूकम्पपछि नेपालको पुनःनिर्माण कार्य सुरु भएको बारे पनि अन्तर्राष्ट्रिय निकायलाई जानकारी गराएका छन् । 

बुधबारदेखि जारी उक्त सम्मेलन विहीबार सम्पन्न हुँदै छ । सम्मेलनमा सहभागी हुन सोमबार दक्षिण कोरिया प्रस्थान गरेका गभर्नर नेपाल शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]