September 10th, 2017

कृषिमा बैंकको लगानी खर्बनजिक

किरण आचार्य   
कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्बनजिक पुगेको छ । वैंकिङ क्षेत्रले कृषिमा गरेको कर्जा प्रवाह पछिल्लो एक वर्षमा १४ प्रतिशतले वृद्धि भइ ९० अर्ब ४ करोड १२ लाख पुगेको हो । आर्थिक वर्ष ०७१र७२ मा कृषि क्षेत्रमा ७८ अर्ब ७९ करोड ऋण प्रवाह भएकोमा गत वर्ष ११ अर्ब २४ करोड रकम थप लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ । सरकारले कृषि ऋणलाई प्रोत्साहन गरेपछि यसको परिमाण निरन्तर बढेको राष्ट्र बैंकले जनाएको छ । सरकारको नीतिअनुसार लक्ष्य नपुगे पनि कृषि क्षेत्रको कर्जा प्रवाह भने बर्सेनि बढ्दो छ । 

राष्ट्र बैंकका अनुसार तीन वर्ष अघिसम्म आव ०७१र७२ सम्म यस क्षेत्रमा ६५ अर्ब लगानी थियो । पछिल्लो ६ वर्षमा कृषि क्षेत्रको कर्जा प्रवाह तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । तथ्यांकअनुसार आव ०६८र६९ मा २८ अर्ब ७९ प्रतिशत कर्जा प्रवाह भएकोमा आव ०६९र७० मा १० अर्ब थपिँदै ३९ अर्ब ७८ करोड पुगेको थियो । त्यसपछिका वर्षमा पनि कृषि कर्जाको वृद्धिदर बढ्दो क्रममा छ । जसअनुसार आव ०७०र७१ मा ५० अर्ब ९१ करोड रहेकोमा आव ७१÷७२ मा ६५ अर्ब १५ करोड पुगेको थियो । सरकारले ५ प्रतिशत सहुलियत व्याजदरमा कृषिकर्जाको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरूले कुल लगानीको २० प्रतिशत कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योग लगायतका उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने सरकारी नीति छ । अघिल्लो आवमा कृषि र ऊर्जामा १२ प्रतिशत मात्र लगानी व्यवस्था रहेकोमा गत आवमा थप ३ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

सरकारी नीतिअनुसार लगानी बढाउन नसकेकोमा भने बर्सेनि बैंकिङ क्षेत्रको आलोचना हुने गरेको छ । लगानी वृद्धिको सकारात्मक तथ्यांकसँगै दुर्गमका कृषकसम्म बैंकिङ पहुँच पु¥याउनु पर्ने कृषि क्षेत्रका सरोकारवालाहरूको जोड छ । राष्ट्र बैंकका अनुसार कृषिमा सबैभन्दा बढी पशुपालनको क्षेत्रमा लगानी निरन्तर बढ्दो क्रममा छ । पशुपालनको क्षेत्रमा बैंकको लगानी अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेर ३२ अर्ब ३२ करोड ४९ लाख पुगेको छ । पशुपालनपछि सबैभन्दा धेरै लगानी  व्यावसायिक खेतीमा ११ अर्ब ४४ करोड ३९ लाख रकम लगानी भएको छ । गत वर्षसम्म यो लगानी अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो । चिया उद्योगको लगानी भने १३।५ प्रतिशतले र वन, मत्स्य तथा बधशालाको लगानी पनि ९ प्रतिशतले घटेको छ । यद्यपि कृषिका अन्य क्षेत्रको लगानी भने २१ प्रतिशतले बढेर ७ अर्ब २३ करोड ६२ लाख पुगेको छ । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]