June 20th, 2017

एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको सेयर कारोबार रोकियो, यस्तो छ कारण

मंगलबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले यी दुई कम्पनीको सेयर कारोबार रोक्का गराएको हो । 

बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बन्द गराएको जनाएको छ । पाँच वटा आर्थिक वर्षको साधारणसभा एकैपटक बसेर २० प्रतिशत बोनस सेयर र छ सय प्रतिशत हकप्रद पारित गराउने घोषणा गरेपछि कम्पनीको सेयरमा लगानीकर्ताो चाप अत्याधिक बढिरहेको थियो । 

त्यस्तै, नेपाल धितोपत्र बोर्डले सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै नेशनल हाइड्रोपावरको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको छ । नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाङ र संचालक प्रकाश रजौरेको विरुद्धमा बोर्डमा उजुरी परेपछि छानविनका लागि बन्दै बोर्डले सेयर कारोबार स्थगित गर्न निर्देशन दिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]