January 21st, 2018

आइतबार पनि घट्यो सेयर बजार, कारोबार आधा अर्ब नाघ्यो

बैंकिङ खबर । गत सातादेखि नै गिरावटको क्रममा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । नेप्से परिसूचक ३.८५ अंकले घटेर १४०२.६७ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, बीमा र लघुवित्त क्रमशः २.५७, ५.१, ७.०८, ७५.९९ र १२.१७ अंकले घटेका छन् । व्यापार, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २.०२, २५.३३, २.३२, ३०.९७ र १.७६ अंकले बढेका छन् । 

दिनभरिमा १६५ वटा कम्पनीको १६ लाख ७६ हजार एक सय १६ कित्ता सेयर चार हजार आठ सय ९७ पटक खरिदविक्री हुँदा ५० करोड ६१ लाख ४२ हजार आठ सय ५६ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक प्रोमोटरको नौ करोड, सानिमा माई हाइड्रोको पाँच करोड र एसियन लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । फस्र्ट माइक्रोफाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल ग्रामीण विकास बैंक, नेको इन्स्योरेन्स, नविल बैंक र सानिमा बैंकको एक करोड तथा नेशनल हाइड्रोको ९५ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । 

५६ वटा कम्पनीका सेयरधनीले थोरै भएपनि आफ्नो सम्पत्ति बढाएका छन् । साना किसान विकास बैंक, ग्लोबल आईएमई बैंक प्रोमोटर, नेशनल मइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, कुबेर मर्चेन्ट फाइनान्स र युनिलिभर नेपालका सेयरधनीले दुई प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । सूर्योदय लघुवित्त, हिमालयन डिस्टीलरी, प्रोग्रेसिभ फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिटिजन्स बैंकका प्रोमोटर सेयरधनीले ६.२५ प्रतिशतका दरले गुमाएका छन् भने नेको इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, कन्काई विकास बैंक र एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । रिडी हाइड्रो, एभरेष्ट बैंक सीपी, फस्र्ट माइक्रोफाइनान्स, भार्गव विकास बैंक, दिव्यश्वरी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् र   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]