June 13th, 2017

अनुभव नभएकालाई बैंकिङ करिअर सुरु गर्ने सुनौलो अवसर, जनता बैंकले माग्यो १५० जना कर्मचारी

जनता बैंक नेपाल लिमिटेडमा १५० जनाका लागि रोजगारीको अवसर खुलेकोम छ । बैंकले एक सय जना जुनियर एसिस्टेन्ट, २५ जना मेनेजमेन्ट ट्रेनी र २५ जना चार्टर्ड एकाउन्टेन्ट्स माग गरेको हो । 

जुनियर एसिस्टेन्ट र मेनेजमेन्ट ट्रेनीका लागि अनुभव आवश्यक नरहेको बताइएको छ । चार्टर्ड एकाउन्टेन्टका लागि भने अनुभव अनिवार्य नभएको तर भएकालाई प्राथमिकतामा राखिने बताइएको छ । 

जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण कर्मचारी माग गरिएको छ भने मेनेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर गरेको हुनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्ट पदमा भने दक्ष चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति दिइने बैंकले बताएको छ । 

उमेरको हकमा १४ जुनसम्ममा २८ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जुनियर एसिस्टेन्ट पदका लागि आवेदन दिन सक्नेछन् । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ भने चार्टर्ड एकाउन्टेन्टको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

बैंकको जुनसुकै शाखा कार्यालयमा काम गर्न तयार हुने, कम्प्युटर जानेको, अंग्रेजी र नेपाली भाषमा पोख्त, स्मार्ट व्यक्तित्व, उत्कृष्ट अन्तरक्रियात्मक क्षमता, सकारात्मक सोच र अघि बढ्ने इच्छाशक्ति भएका व्यक्तिलाई नियुक्त गरिने बताइएको छ । आवेदन २० जुन सम्ममा दिन सकिनेछ । 

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.growthsellers.com/job/apply_job_spec/403


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]