January 12th, 2017

३० प्रतिशत हकप्रद पारित गर्न सिद्धार्थले बोलायो साधारणसभा, माघ २० गते बुक क्लोज

सिद्धार्थ बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर पारित गर्नका लागि बैंकले फागुन ५ गतेलाई वार्षिक साधारणसभा बोलाएको छ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि बैंकले माघ २० गतेदेखि फगुन ५ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । जसअनुसार, माघ १९ गतेसम्म कायम सेयरधनी मात्रै बैंकको साधारणसभा र हकप्रदमा सहभागी हुन पाउनेछन् । 

हालै २५ प्रतिशत हकप्रद सेयर जारी गरेर बैंकले चार अर्ब चुक्तापुँजी पुर्याएको छ । सो चुक्तापुँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्दा बैंकको चुक्तापुँजी सवा पाँच अर्ब नाघ्नेछ । यसबाहेक बैंकले हकप्रद सेयर जारी गर्नुअघिको चुक्तापुँजीको ४८.७५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी पौने सात अर्ब रुपैयाँ पुग्नेछ । आगामी असार मसान्तसम्ममा सिद्धार्थले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]