September 12th, 2017

सेयर बजारमा गिरावट, कारोबार पनि निराशाजनक

मंगलबार सेयर बजार २१.०६ अंकले घटेर १५०२.२० अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् फाइनान्स र बीमा समूह क्रमशः १८.१४, ४२.५३, २९.८२, १५.५७, १४.९ र १८५.१ अंकले घट्दा उत्पादनमूलक समूह स्थिर रहेको छ भने अन्य समूह २.६१ अंकले बढेको छ । 

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । सोमबार ८४ करोडको कारोबार भएको बजारमा मंगलबार ५६ करोड ९८ लाख ४३ हजार एक सय ३० रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १५३ वटा कम्पनीको १० लाख ७० हजार सात सय ४७ कित्ता सेयर छ हजार चार सय ५८ पटक खरिविक्री भएका छन् । 

नेपाल लाइफ इन्स्योरेन्सको साढे तीन करोडमाथिको कारोबार हुँदा नविल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेको इन्स्योरेन्स, कृषि विकास बैंक, प्रिमियर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा १९ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । युनाइटेड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.६८ र ९.५५ प्रतिशतले कमाएका छन् । सिनर्जी पावर, कैलाश विकास बैंक, हाम्रो विकास बैंक, कन्काई विकास बैंक, नविल इक्विटी फण्ड, सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कामना सेवा विकास बैंकका सेयरधनीले ९.६७ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाउँदा नविल बैंक, ङादी ग्रुप पावर, अरुण फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल ग्रामीण विकास बैंक, साना किसान विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]