January 14th, 2018

मिथिला लघुवित्तको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

मिथिला लघुवित्त विकास बैंकको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस जारी गरेपछि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको  अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । १५ प्रतिशत बोनस सेयर जारी गरेपछि मिथिलाको चुक्तापुँजी छ करोड ५९ लाख ७७ हजार नौ सय ३८ रुपैयाँ पुग्नेछ । उक्त पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी नौ करोड ८९ लाख ६६ हजार नौ सय सात रुपैयाँ पुग्नेछ । 

सारधाणसभाले कार्यक्षेत्र पाँच जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, दोलखा र ओखलढुंगामा थप गरी १५ जिल्ला बनाउने प्रस्ताव पनि पारित गरेको छ । हालसम्म बैंकले सप्तरी, सिराहा, उदयपूर, सिन्धुली, रामेछाप, धनुषा, महोत्तरी, सर्लाही, रौताहट र बारा गरी १० जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको थियो । 

त्यस्तै, रिक्त रहेको संस्थापक समूहअन्तर्गतको दुई जना संचालकको निर्वाचनमा हरि प्रसाद काफ्ले र रामबाबु साह सुडी निर्विरोध निर्वाचित भएका छन् । संचालक समितिका अध्यक्ष शिव प्रसाद साहद्धारा पेश गरिएको वार्षिक प्रतिवेदन साधारणसभाले स्वीकृत गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]