December 17th, 2017

जनसेवी लघुवित्तको झन्डै तीन लाख कित्ता आईपिओ आउँदै

बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ । पर्वत सदरमुकाम कुश्मामा शनिवार सम्पन्न लघुवित्तको दोस्रो साधारण सभाले सर्वसाधारणका लागि दुई लाख ९४ हजार कित्ता सेयर जारि गर्ने निर्णय गरेको हो । 

साधारणसभाले चालू आर्थिक वर्षमा नै शतप्रतिशत संस्थापक हकप्रद सेयर जारी गरी चुक्ता पुँजी नौ करोड ८० लाख रुपैया पुग्ने गरी प्रवन्ध पत्र र नियमावली संशोधन गर्ने गरी निर्णय समेत गरेको छ । सो प्रकृया पश्चात सर्वसाधारणमा ३० प्रतिशत साधारण सेयर जारी गर्ने निर्णय भएको लघुवित्तका अध्यक्ष विकास गौचनले जानकारी दिए । हाल  लघुवित्तको चार करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

राष्ट्रबैंक बाट घ बर्गको इजाजत प्राप्त दश जिल्ला कार्यक्षेत्र भएको लघुवित्तले ०७० असोज बाट कारोवार सुरु गरेको थियो ।  रुकुम, रोल्पा, पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खा का विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको लघुवित्तले यो वर्ष थप ५ जिल्लाकार्य क्षेत्र बनाई निकट भविष्यमा नै राष्ट्रियस्तरको लघुवित्तको रुपमा स्थापित हुने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]