January 14th, 2018

गुहेश्वरी फाइनान्सको १५.७९ प्रतिशत बोनस सेयर पारित

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको १६औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न साधारणसभाले आ.व. २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हालै निष्काशन भई बाँडफाँड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी उक्त बोनस सेयर पारित भएको हो । उक्त बोनस सेयरपश्चात् फाइनान्सको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगेको छ । 

हालसम्ममा निक्षेप रु. २ अर्व ७७ करोड तथा कर्जा रु. २ अर्व ४१ करोड रहेको तथा संचालन मुनाफा रु. १ करोड ३९ लाख कमाउन सफल भएको संस्थाबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख गएिको छ । यस संस्थाको प्रधान कार्यलय हरिहर भवन ललितपुर, चुच्चेपाटी चावहिल, कान्तिराज पथ हेटौंडा, आदर्श नगर वीरगंज, चारआली चोक बिर्तामोड, कलैया बजार बारा, थानारोड दमक, मेनरोड जीतपुर गरी हाल सम्म आठ वटा शाखा कार्यालय रहेकोमा थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी भइरहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]