January 11th, 2018

अरुण फाइनान्सको नाम र लोगो फेरियो, १८० प्रतिशत हकप्रद जारी गर्ने

पूर्वाञ्चलको पहिलो वित्तीय संस्था अरुण फाइनान्स लिमिटेडको २१औँ बार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अम्बिका प्रसाद पौडेलको सभापतित्वमा सुनसरीको धरानमा सम्पन्न साधारण सभाले आ.व. २०७३/०७४ को वित्तीय विवरण पारित गरेको छ । 

साधारणसभाले संस्थापक सेयरधनीहरुका तर्फबाट तीन जना संचालक अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, साधारणसभाले संस्थाको हाल कायम चुक्तापूँजीको १८० प्रतिशत (१ : १.८०)का  दरले हकप्रद सेयर जारी गर्ने, संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व ६० र ४० प्रतिशत रहेकोमा संस्थापक ५१ र सर्वसाधारण ४९ प्रतिशत कायम गर्ने र अरुण फाइनान्स लिमिटेडको नाम र लोगो परिवर्तन गरी “हाथवे फाइनान्स लिमिटेड” कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]