October 15th, 2020

अस्थिर व्याजदर : ऋणी र बैंक दुबैलाई समस्या – डा.गुणाकर भट्ट

डा. गुणाकर भट्ट, प्रबक्ता नेपाल राष्ट्र बैंक 

बैंक तथा वित्तीय संस्थाहरुले आआफ्ना विभिन्न शाखाहरु समन्वयन गरेर खोलेको अवस्था छ । जोर विजोर प्रणाली लागु हुँदा पनि ५० प्रतिशत शाखा खोलेर सेवा दिएका थिए । अहिले अधिकांश शाखाहरु जहाँ कोभिड संक्रमण भएको छ त्यस्ता शाखाहरु बाहेक अन्य शाखाहरुमा जहाँ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ त्यसलाई २,३ दिन सिल गरेर शाखा सामान्य रुपमा चलाइरहेको छन् । माछापुच्छ्रे बैंकको वालुवाटार शाखामा कोरोना संक्रमण देखिएको थियो २/३ दिन सिल गरेर शाखा सञ्चालनमा आइसकेको छ । सामान्य हिसाबबाट पछिल्लो समय हेर्ने हो भने यो १५/२० दिन यता बैंकिङ्ग क्षेत्रमा सर्वसाधारणको गुनासो आएको छैन । बैंकका शाखाहरु बन्द भए हामीले सेवा पाएनौ भन्ने अवस्था छैन । लकडाउनको समयमा केही ठाँउहरुमा बैंकका शाखा नखुलेको आम सर्वसाधारणको गुनासो आएको थियो । बैंकहरुको पनि विजनेस हो अब व्यापारको सिजन आउदै छ बाहिरबाट रेमिट्यान्स राम्रो आइरहेको छ । सर्वसाधारणको बैंकमा डिपोजिट पैसालाई पनि व्यवस्थापन गर्नुपर्ने छ । बैंकहरुको कर्जा विस्तार हुन सकेको छैन । कर्जाको माग कम छ । बैंकहरुले सेवामा अहिले कुनै कमिकमजोरी गरिरहेको छन् जस्तो लाग्दैन उहाँहरुले आफ्नो काम नियमित रुपमा गरिरहनु भएको छ ।

पुर्नकर्जा लिने व्यवस्था

मौद्रिक नीतिको प्रशारणमा सबै भन्दा महत्वपूर्ण भुमिका खेल्ने भनेको बैंक तथा वित्तीय संस्थाहरु नै हो । मौद्रिक नीतिमा भएका व्यवस्था तथा नेपाल राष्ट्र बैंकको नियमन तथा निर्देशन कार्यन्वयनमा बैंक तथा वित्तीय क्षेत्रले सहयोग गरिरहनु भएको छ । अर्थतन्त्रको पुर्नउत्थानलाई अगाडि बढाउन, आर्थिक क्रियाकलापहरु विस्तार गर्न वित्तीय क्षेत्रले सहयोगी भुमिका खेलेको हुन्छ । हाल अर्थतन्त्रमा समस्या उत्पन्न भएको छ कोरोना संक्रमणको कारणले रोजगारीहरु गुमेको छ, उधोगधन्दा तथा व्यवसायहरु बन्द रहेको छ । त्यो सबै क्षेत्रलाई हामीले फेरी सामान्य अवस्था तर्फ लैजानु पर्छ यद्यपी अहिले कोरोना संक्रमण बढेर त्रास कायम छ, त्रासको बाबजुत पनि अर्थतन्त्रलाई गतिशिल बनाउनु पर्छ अर्थतन्त्रलाई लामो समय होल्ड गरेर राख्न सकिदैन यसलाई चलायमान बनाउन सबै क्षेत्रको साथ र सहयोग चाहिन्छ । संसारभरी कोरोना भाइरसको संत्रास छ यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको मौद्रिक निति, निर्देशन र राष्ट्र बैंकले जारी गरेका व्यवस्थाहरु लागु गर्नुपर्ने बैंक वित्तहरुको दायित्व हो । यो काम बैंक वित्तहरुले गरिरहेका पनि छन् । हाल सोच्दै नसोचेको विश्वव्यापी स्वास्थ्य संकट आयो यसले सबै क्षेत्रलाई धरासायी बनाएको छ । साधारण उद्यमी व्यवसायीमा अहिले विजनेस गर्ने आत्मबल नभएर व्यावसाय के गर्ने भन्ने अवस्था छ । कर्जाको माग बढ्ने बित्तिकै बैंकहरुले राष्ट्र बैंकले दिएको निर्देशनहरुको कार्यन्वयन नगर्ने भन्ने हुदैन । हामीले पुर्नकर्जाको आव्हान गरेको छौ, निवेदनहरु पनि आइसकेका छ । बैंक मार्फत् पुर्नकर्जा लिने व्यवस्था चालु आ.व देखी लागु गरिएको छ । एकमुष्ठ रुपमा ५ करोडसम्मको मुल्यांकन बैंकले नै गर्ने गरी बैंकहरुलाई असोज मसान्तसम्मको समय दिएको छौ । समग्रमा कर्जाको माग धेरै नभएको कारणले बैंकिङ्ग क्षेत्र धेरै अगाडि नबढेको हुन सक्छ ।

व्याजदर अस्थिर हुँदा ऋणी र बैंक दुबैलाई असर 

व्यक्तिगत आवधिक कर्जाको हकमा घर कर्जा, सवारी साधन कर्जा अथवा अन्य कर्जाहरु हुन सक्छ । जुन किस्ताको रुपमा तिरिन्छ यस प्रकारका कर्जाहरुमा स्थीर व्याजदर लागु गर्न खोजिएको हो । व्याजदर अस्थिर हुँदा त्यसले ऋणी र बैंक दुबैलाई असर पार्छ । ऋणीको भित्री योजना भताभुङ्ग हुन्छ । उदाहरणको लागि आज ६ प्रतिशतमा ऋण लिन्छु १० वर्षमा तिर्छु भनेर तयारी गरिरहेका मानिसको आम्दानी सिमित हुन्छ । बीचमा व्याजदर धेरै तलमाथी जाँदाखेरी ऋणीले तिर्न सक्ने अवस्था नरहन पनि सक्छ । यसले आम सर्वसाधारण ग्राहक वर्गलाई फाइदा गर्दैन, यो अवस्था आउन नदिन ग्राहकको हितको लागी यो व्यवस्था आएको हो । अस्थिर व्याजदरले बैंकको आफ्नै प्रतिष्ठामा पनि आघात पुर्याइरहेको छ । यो व्यवस्था नहुदाँसम्म नेपालमा व्याजदर धेरै तलमाथी भैरह्यो । यसले आम सर्वसाधारणको बैंकिङ्ग क्षेत्रप्रतिको विश्वास प्रतिष्ठा प्रभावित भएको अवस्था थियो । पछिल्लो समय राष्ट्र बैंकले अस्थिर व्याजदरमा कडाई गरेपछि व्याजदरमा सन्तुलन कायम भएको छ । बैंकको प्रतिष्ठालाई गिर्न नदिनका लागि राष्ट्र बैंकले स्थीर व्याजदर निति ल्याएको हो । स्थीर व्याजदरले बैंकहरुलाई दिर्घकालिन प्रकृती व्यवसायहरुमा लगानी गर्न प्रेरित गर्छ । संस्थागत निक्षेपकर्ताहरुलाई व्याजदर तलमाथी हुँदा बार्गेनिङ गर्नुपर्ने अवस्था आउँदैन । यसले लगानी कर्ता र ऋणीबीच लुकामारीको अवस्था अन्त्य गर्न सहयोग गर्छ । संस्थागत निक्षेपकर्ताहरु ढुक्क हुन्छन् । बैंकहरुलाई पनि समस्या आउँदैन । हामीले सबै प्रकारका व्याजदरमा स्थीर व्याजदर कायम गर्ने भनेको छैनौ । आज कुनै बैंकले ग्राहकलाई ७ प्रतिशत व्याजमा ऋण दियो ६ महिना पछि बैंकमा तरलताको समस्या आएर त्यो ७ प्रतिशतको कर्जा १२ प्रतिशत पुर्याउदाँ ग्राहकलाई फाइदा भएन । ५ वर्षको अवधीका लागी १० प्रतिशत व्याजदरमा कर्जा दिन्छु भनेर कुनै बैंकले दिन्छ भने त्यो फाइदा हुन्छ । ५ वर्षको लागि ग्राहकले आफ्नो प्लानिङ गर्न सक्नु हुन्छ, लगानी गर्ने, घर बनाउने गाडी किन्ने आदी तयारी गर्न सक्नु हुन्छ । अन्यथा आज सस्तो व्याज भनेर ऋणमा घर किन्यो ६ महिना १ वर्ष पछि व्याजमा तलमाथी हुँदा त्यसको प्रभाव सर्वसाधारणलाई पर्छ । स्थीर व्याजदरको सबैभन्दा ठुलो फाइदा नै सर्वसाधारणलाई हो । अहिले बजारमा मानिसहरुलाई सस्तोमा पाइन्थ्यो महङ्गो पर्ने भयो भनेर आतंकित बनाई रहेका छन् तर अहिलेको स्थीर व्याजदर महङ्गो छैन । यसले अस्थीर व्याजदरलाई स्थीरता तर्फ लैजान्छ । यसको सबै भन्दा ठुलो फाइदा ग्राहकलाई नै छ । क्षणिक रुपमा महङ्गो देखिए पनि दिर्घकालीन रुपमा आम सर्वसाधारणको हितमा छ ।

 

बैंकिङ खबरले गरेको कुराकानीमा आधारित 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]