July 6th, 2020

मौद्रिक नीतिले साना उद्यमीलाई राहत दिने

बैंकिङ खबर । आगामी मौद्रिक नीति कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्न केन्द्रीत रहने भएको छ । कोरोना महामारीका कारण भएको लकडाउनले अर्थव्यबस्थालाई धेरै नै प्रभावित पारेको छ । अर्थतन्त्रलाई पुनरजीवित गर्नका लागि साना तथा मझौला उद्योगलाई मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ भने साना तथा मझौला व्यवसायीलाई सहुलियत सहितको प्याकेज ल्याइने तयारी भएको छ ।

मौद्रिक नीतिले फोकस गर्न लागेका विषयहरु :

मौद्रिक नीतिले कर्जा पुनर्तालीकिकरण तथा पुनर्कर्जाको समानुपातिक वितरणलाई फोकस गर्ने भएको छ । त्यसका लागि आबश्यक रणनीति तर्जुमा गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यसैगरी कोरोना प्रभावित क्षेत्रका बारेमा अध्ययन भइरहेको र मौद्रिक नीतिमा कोरोना प्रभावित क्षेत्रलाई विशेष सम्बोधन गरिने भएको छ । बजारमा प्रयाप्त तरलता नहुँदा तरलताको अभाव हुन सक्ने अर्को समस्या छ । यसलाई सम्बोधन गर्नेबारे राष्ट्र बैंक चनाखो भएर लागि परेको बताइएको छ । अहिले बजारमा २ खर्ब रुपैयाँको तरलता रहेको छ । यो पर्याप्त नहुँदा थप तरलताका लागि आबश्यक पहल गरिने छ ।

कोरोना महामारीका कारण भएको लकडाउनले अर्थव्यबस्थालाई धेरै नै प्रभावित पारेको छ । अर्थतन्त्रलाई पुनरजीवित गर्नका लागि साना तथा मझौला उद्योगलाई मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ ।  साना तथा मझौला व्यवसायीलाई सहुलियत सहितको प्याकेज ल्याइने नेपाल राष्ट्र बैंक स्रोतको भनाई छ ।

त्यसैगरी मौद्रिक नीतिमा आत्म निर्भर अर्थतन्त्रको लागि नयाँ योजनाहरु ल्याइने भएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार तरलताको विकल्प खोज्दै साना तथा मझौला व्यवसाय लाई (एसएमई) मौद्रिक नीतिले बढी फोकस गर्ने भएको छ । प्रत्येक स्थानीय तहमा समानुपातिक पुनर्कर्जा सुविधा वितरण गरिने गरी मौयद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ । लघु उद्यमशीलतालाई पनि मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ । लघु उद्यमीलाई केन्द्रित गरेर कर्जा वितरण कार्यक्रम ल्याइने बताइएको छ । यस अघिका नियमित मौद्रिक नीति भन्दा फरक किसिमको मौद्रिक नीति ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई रहेको छ ।

 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]