April 4th, 2020

‘ईसेवाको विकल्प’ प्रसस्तै : प्रभु पे, आइएमई पे र खल्तीमा छनौट गर्न सकिने

बैंकिङ खबर । हरेकको हात हातहातमा मोबाइल छ । यस समयमा डिजिटल भुक्तानी पनि फस्टाउँदो क्रममा छ । नेपालमा मोबाईल सेवासँगै मोवाइल वालेटको प्रयोग बढ्न थालेको छ । लकडाउनको समयमा डिजिटल बैंकिङको प्रयोगकर्ताहरु बढेका छन् । यसबाटै विभिन्न सामान किनमेल गर्ने काम भएको छ । त्यसका साथै मोवाइल रिचार्जमा प्रयोगकर्ताहरु बढेका छन् । डिजिटल वालेटको लोकप्रियता बढ्दै गर्दा यसै अन्तरगतको इसेवा अन्तरगतको कम्पनीले आफैले निर्माण गरेको न्यूज पोर्टल काठमाडौंप्रेस डटकमको समाचार ह्याक गरेर डिलिट गरेपछि डिजिटल बैंकिङ माथिनै प्रस्न उठेको छ । यसको खास कारण पेमेन्ट भुक्तानीको काम गर्दै आएको इसेवा अन्तरगतकै कम्पनी जसले साइट भेभलप गर्ने र डाटा प्रयोगको विषयमा व्यबसाय गर्दछ । एउटै कम्पनीले फरक काम गर्ने भएका कारण सिंगो बैंकिङ क्षेत्रमा तरंग उत्पन्न भएको हो । गत बुधबार उक्त अनलाइनमा प्रकाशित एक समाचार प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका एफवान सफ्ट इन्टरनेसनलका मालिक असगर अलीले न्युज पोर्टल नै ह्याक गरेर डिलिट गर्न लगाए । उनी सहित प्रधानमन्त्री कार्यालयका केही व्यक्ति र मन्त्रीहरु हालै चाइनाबाट स्वास्थ्य उपकरण आयातको भ्रष्ट्राचारमा मुछिएका थिए । सोही विषयको समाचार प्रकाशन गर्ने अनलाइको समाचार डिलिटको विषयले आम ग्राहकमा इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे चिन्ता बढेको छ । चिन्ता यत्तिमा सिमित छैन । खास चिन्ता फोन पेको गेट वे पनि सोहि कम्पनीसँग हुँदा उनको सोही कम्पनीले नेपालका धेरै बैंक तथा वित्तिय संस्थाको मोबाइल एप निर्माण गरेको छ । यसकारण ती मोवाइल एपप्रतिको चिन्ता प्रकट भएको हो ।

डिजिटल बैंकिङका लागि इसेवा आबश्यक छैन, विकल्प प्रसस्तै छन् 
हालको अबस्थामा सबै जसो बैंक तथा वित्तीय संस्थाले अहिले मोबाइल बैंकिङको सेवा दिएका छन् । डिजिटल वालेट खोल्न सजिलो छ । डिजिटल वालेट चलाउने संस्थाको वेब साइटबाट नै पनि आफ्नो डिजिटल खाता खोल्न सकिन्छ । यसका साथै यस्ता वालेट चलाउने कम्पनीका एजेन्टकहाँ गएर पनि खाता खोल्न सकिन्छ । खाता खोल्दा ग्राहकको जानकारी सम्बन्धी विवरण भने उपलब्ध गराउनुपर्दछ । गैर बैंक वित्तीय संस्थामा खोलिएको डिजिटल खातामा आफ्नो बैंक खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । मोवाइल र इन्टरनेटको प्रयोगबाटै सम्पूर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल हुदै गएको छ । अहिले बजारमा रहेका इसेवा, आइएमई पे, प्रभु पे तथा खल्ती कम्पनीले यस्तो सेवा दिँदै आएका छन् । इसेवालाई सुरक्षाको दृष्टिबाट वा यस घटनाबाट हटाउन मन भएको अबस्थामा अन्य वालेटहरु प्रयोग गर्न सकिन्छ । त्यसका लागि प्रभु पे, आइएमई पे, वा खल्ती एपबाट काम गर्न सकिन्छ । सुरुमा यी मोवाइल एप डाउनलोर्ड गर्दा बोनस रकम पनि प्राप्त हुन्छ । चलाउने विधि र प्रकृया पनि उस्तै छन् ।

सेवाहरु
सबैजसो वालेटको सेवा उस्तै छ । बिजुली तथा खानेपानीको बिल, फोनको बिल, शैक्षिक फी भुक्तानी, मोबाइलको रिचार्ज, टिभीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तानी गर्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]