January 19th, 2020

कृषि विकास बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने

बैंकिङ खबर । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर विक्री गर्ने भएको छ ।बैंकले आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको एडीबीएल कृषि बैक ऋणपत्र २०८३निष्काशनको अन्तिम तयारी समेत गरीसकेको छ ।

यही माघ ७ गते गरिने बैंकको ५३औं वार्षिकोत्सवको बारेमा जानकारी दिदै आईतबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै होमस्टे एसोसियसन नेपालसँग सम्झौता गरि होमस्टे कर्जा प्रवाह गर्ने समेत बताउनुभयो । यस्तै बैंकले साना किसान विकास आयोजना मार्फत सामूहिक प्रणालीमा आबद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजनालाई सञ्चालन गर्ने क्षमतामा अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको उल्लेख गर्नुभयो ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]