September 25th, 2019

“किन चौतर्फि घेराबन्दीमा पारिदैछ लघुवित्तलाई ”?

अर्जुन प्रसाद पोखरेल
१९९४ सालदेखि नेपाल बैंकबाट बैंकिङ ईतिहास सुरु भएको हो । २०७६ असार मसान्तसम्म आईपुग्दा २८ वाणिज्य बैंक, २९ बिकास बैंक, २३ वित्त कम्पनी र ९० लघुवित्त संस्थाका गरी ५ हजार ५७ शाखाद्धारा वित्तीय कार्यक्रम सञ्चालनमा छन् । ४० को दशकमा सुरु भएको आर्थिक उदारीकरणसंगै निजी लगानीका बैंक तथा वित्तिय संस्थाहरु तीव्र रुपमा बढे ।
२०७० जेठसम्म आईपुग्दा क, ख, ग, र घ वर्गका वित्तिय संस्थाहरु २ सय १५ सम्म पुगे भने २०७६ असार मसान्तमा बैंक तथा वित्तिय संस्थाको संख्या १ सय ७० पुगेको छ ।
प्रथमत घ वर्गको लघुवित्त संस्थाको उदेश्य के हो ? लघुवित्त संस्थाले के कस्ता, कसरी र कहां काम गर्छन अनि किन गरिदैछ त यसरी लघुवित्त वित्तीय संस्थालाई चौतर्फि घेराबन्दि यो बुझ्न अति आबश्यक छ ।
लघुवित्त संस्था नेपाल राष्ट्रबैंकमा बिधिवत रुपमा दर्ता भई “घ”वर्गको ईजाजत प्राप्त एउटा वित्तीय कारोबार गर्ने संस्था हो । यसको मुख्य उदेश्य ग्रामिण भेगका पनि दुरदराजमा रहेका जनता जो बैकिङ्ग सेवा बाट बञ्चित भएका, बैंक सम्म पुग्ने पहुंच नभएका, निरक्षर, गरिबिका रेखामुनि रहेका, काम गर्न जोस जांँगर, आट र हिम्मत भएका तर पूँंजि नभएका महिला दिदी बहिनीहरुलाई वित्तीय रुपमा साक्षर बनाउदै, समुदायमा बिश्वासको बाताबरण जगाउदै, मित्रता र भाईचाराको भावनाको पाठ सिकाउदै, स्वरोजगारमुखि समाजको निर्माण गर्ने, साना साना रकम बचत गर्ने बानिको बिकास गराउने, साना साना कर्जा सर्ब सुलभ र सरल तरिकाबाट उपलब्ध गराउनु हो । देशको सदरमुकाममा मात्र सिमित रहेका “क र ख ”वर्गका बैंकहरुले सेवा दिन नसकेका तथा ति बैंक सम्म पुग्ने पहुंँंच नभएका अति दुर्गम क्षेत्रका निरक्षर बिपन्न महिला दिदी बहिनीहरुको समुह निर्माण गरी आजको बचत भोलिको भबिष्यको अबधारणा सिकाई साना रकम बचत गर्न लगाई काम गर्ने ईच्छा भएका महिला दिदी बहिनीहरुलाई आवश्यकता अनुसार कर्जा तथा सेवा प्रदान गरी स्वरोजगार तथा समुन्नत समाजको निर्माण गर्ने काम गर्छ । यस्तो पबित्र उदेश्य राखेर स्थापना भई वित्तीय कारोवार गर्ने लघुवित्त वित्तीय संस्थालाई किन गरिदैछ त चौतर्फि घेराबन्दि यसको चिरफार गर्न तथा बास्तबिकता जानकारी गराउन अति जरुरी भएको छ ।

१. नेपाल राष्ट्रबैंक ः
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गरिबिको रेखा मुनि रहेका जनताहरु प्रतिशतमा हेर्दा क्रमिक रुपमा घट्दै गएको पाईन्छ भने त्यहि समुदायमा कारोवार गर्ने उदेश्य राखि आएका संस्थाहरुलाई किन दर्ता गरिदैछ के यो लघुवित्तको गल्ति हो ? यसमा नियमनकारी निकायले ध्यान दिन जरुरी होईन र ।
भौगोलिक रुपमा समेत सानो क्षेत्रफल रहेको नेपालमा ३० देखि ३५ वा यस्ता प्रकृतिका संस्थाले सबै ठाउँका जनतालाई सेवा दिन सक्नेमा किन १०० का हाराहारीमा संस्था दर्ता गरियो के यो गल्ति लघुवित्तको हो र?
पूँजी र कार्य प्रकृतिका हिसाबले बैंक तथा बित्तिय संस्थालाई “क, ख, ग र घ” बर्गमा विभाजन गरीसकेपछि ”घ” बर्गका वित्तीय संस्थाले गर्ने काम किन फेरी “क, ख, ग” बर्गका बैंक तथा वित्तीय संस्थालाई समेत अनुमति दियो यो लघुवित्तको कमजोरी होर?
ठुला ठुला ब्यापारी देखि “क, ख, ग” बर्गका बैंक तथा वित्तीय संस्थाहरु सबै यस क्षेत्रमा आकर्षण भई नयाँ सहायक कम्पनिका रुपमा संस्था दर्ता गर्न समयमै नियमन कारी निकायले बुझ्नु पर्ने होइन र यसमा पनि लघुवित्त वित्तीय संस्थाको कमजोरी हो र ?
नियमनकारी निकायले नाफामुखि भयो भनेर गाली गर्नुको सट्टा वित्तीय संस्थाको ब्याजको स्प्रेड दरमा कसी लगाउनु पर्ने होईन र यो लघुवित्तको कमजोरी हो ?
लघुवित्त वित्तीय संस्थाले जनताबाट निक्षेप लिन नपाउने र बिपन्न वर्गलाई कर्जा लगानी गर्न बैंकबाट लिने ब्याज १४ प्रतिशत भन्दा तल नहुने कारण नै लघुवित्तको ब्याज महंगो भएको सबैलाई जगजाहेर नै छ त फेरी किन लघुवित्तलाई नाफा मुखि भनिन्छ के यो गल्ति नियमन कारी निकायको होईन र ?
लघुवित्त वित्तीय संस्थाले बिपन्न वर्गमा कर्जा लगानी गर्न बैंक बाट लिईने थोक कर्जाको ब्याज ४ प्रतिशत बाट नबड्ने गरी दिने र लघुवित्त वित्तीय संस्थाले बिपन्न वर्गलाई कर्जा लगानी गर्दा लिईने ब्याज १४ प्रतिशतबाट बढ्न पाईने छैन भनेर नियमनकारी निकायले निर्देशन दिन सक्तैन के यो काम लघुवित्तको हो र ?
मुगु, जाजरकोट, हुम्ला जस्तो सिमित जनघनत्व भएको जिल्लामा १ देखि ३ वटा लघुवित्त संस्थाको आवश्यकता पर्दैन भने उक्त स्थानमा समेत यति धेरै संख्यामा लघुवित्त संचालनमा छन् भने त्यहा सदस्य नक्कल हुदैनन र, कर्जाको दोहोरोपना हुन्न र ? शाखा स्वीकृति र जिल्ला स्वीकृत दिने नियमनकारी निकायको कुनै भुमिका हुन्न र ? यो पनि लघुवित्त संस्थाको कमजोरी हो र ? नियमनकारी निकायनै ननिदायेनी निदाएको जस्तो स्वाङ्ग गर्न मिल्ने हो र ?

२. नेपाल सरकार ः
अति दुर्गम स्थानका बिपन्न बर्गलाई स्थानिय स्तरका साहु महाजनले रु.५,०००।०० जस्तो साना रकम समेत बिश्वास नगरी निजको जग्गा राजिनामा पास गरी बन्धकी राखि ब्याज लिएको अवस्थामा महिलाहरुलाई निजको आवश्यकता अनुसार सरल तरिकाले कर्जा तथा सेवा प्रदान गरी विपन्न वर्गलाई मिच्ने र थिच्ने परम्पराको अन्त्य गरेको लघुवित्त संस्था कसरी साहु महाजन भए ? यो पनि त गम्भिर सोचनिय विषय होईन र ?
लघुवित्त वित्तीय संस्थाले अति दुर्गम क्षेत्रमा गई विपन्न वर्गलाई पूँजिको ब्यवस्था त गरायो तिनिहरुलाई सिप विकास तालिम दिनु सरकारको दयित्व होईन र ?
सरकारले शिक्षित बेरोजगार युवा युवतीलाई रोजगार दिन त सकेन भने लघुवित्त वित्तीय संस्थाले केहिलाई आफैले रोजार दिएको अबस्था छ भने धेरैलाई कर्जा प्रदान गरी स्वरोगार बनाएको छ यसमा सरकारले समेत गर्ब गर्नुपर्ने होईनर ?
अति दुर्गम क्षेत्रका बिपन्न बर्गलाई ऋण लगानी गरी भएको आम्दानीमा समेत सरकारले ठुला करदातामा राखि लघुवित्त वित्तीय संस्थाबाट ठुलो मात्रामा कर असुल गरेको छ । यसकारण समेत कर्जाको ब्याज दर केहि महंगो हुन गएको छ भने दुर्गम क्षेत्रका बिपन्न वर्गसँग कारोवार गर्ने वित्तीय संस्थालाई करमा छुट दिन सकिन्न र यो कमजोरी लघुवित्तको हो र ?
देशमा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, नियम बनाउने अधिकार के लघुवित्तलाई हो र ? यो काम सरकारको होईन र ? अनि नेपाल सरकार लघुवित्तलाई सरापेर पानी माथि ओभानो छु भन्न मिल्ने हो र ?

३. स्थानिय जनप्रतिनिधि ः
लघुवित्त संस्थाहरु स्थानिय निकायमा समेत दर्ता भई नियमानुसार कर तिरेको एउटा बैधानिक वित्तीय कारोवार गर्ने संस्था हो भन्ने कुरा स्थानिय जन प्रतिनिधिले बुझ्न आबश्यक छ । बिपन्न वर्गका जनतालाई वित्तीय रुपमा साक्षर बनाउनु, समुदायमा बिश्वासको भावना जगाउदै स्वरोजगार मुखि समाजको अवधारणको निर्माण गर्ने कुरामा लघुवित्त संस्थाहरुलाई स्थानिय जन प्रतिनिधिको ठुलो साथ र सहयोगको आवश्यकता रहन्छ । स्थानिय निकायले गर्नुपर्ने महिला शसक्तिकरण, नेतृत्व विकास, निर्णय गर्ने क्षमतमा बृद्धि, गाउँं, टोल सफा राखौ स्वस्थ र सुखि बनौ भन्ने मुल नारा, निरक्षर निर्मुल पारी साक्षर बनाउने अभियान जस्ता कार्य लघुवित्त संस्थाहरुले गरिरहेको अवस्था छ । यस्तो कार्य गर्ने लघुवित्त संस्थाहरुलाई स्थानिय जन प्रतिनिधिले खुलेर सहयोग गर्नुपर्ने अवस्थामा भाबनामा बहकिएर असहयोग गरेका थुप्रै उदाहरण पाईन्छ के यो कमजोरी लघुवित्तको होर ?
जिल्ला सदर मुकाममा कार्यक्षेत्र बनाई शहरका ठुला ठुला ब्यापारीको परियोजनाको निरिक्षण गरी कन्सल्टेन्सी मार्फत जग्गाको मुल्यांकन गर्न लगाई, आम्दानीका स्रोत खुलाई क बर्गका बैंकहरुले दिएका कर्जा पनि त खराब निस्किएका छन् नी । बास्तबमा तेत्रो बिश्लेषण गरेर लगानी गरिएका कर्जा त खराबमा जान नपर्ने हो नि त होईन र ? किन खराबमा गयो त ? खोई यहां खोई त जन प्रतिनिधिको बिरोध ?
दुर्गम क्षेत्रका पनि अति बिपन्न बर्गको उत्थानको निमित्त, जिवनस्तर उकास्नको निमित्त, निस्कृय रुपमा रहेको श्रमलाई सकृय बनाउनको निमित्त, ब्यवसाय नभएका ब्यक्तिलाई ब्यबसाय संचालन गराउनको निमित्त गरिएका साना साना कर्जा निरिक्षण कसरी हुन्छ ? जसको कुनै आधारै छैन त्यस्ता ब्यक्तिलाई साना कर्जा लगानी गरी आधारको निर्माण गराईदिने संस्थाले उसको आम्दानीको बिश्लेषण कसरी गर्ने, जग्गा कसको राख्ने र परियोजना के हेर्ने यो कुरा स्थानिय जन प्रतिनिधिले बुझ्न जरुरी हैन र ? काम गरेर ऋण तिर्छु भन्नेलाई ऋण दिई काम गर्ने बनाउनु के लघुवित्तको महा गल्ति हुन सक्ला र? अनि लघुवित्त संस्थाहरुलाई स्थानिय स्तरमा परेको झमेलामा यहांहरुले खुलेर सहयोग गर्नुपर्ने होईन र ?
महोदय, कुनैपनि लघुवित्तले महिला दिदी बहिनीहरुलाई फकाएर, प्रलोभनमा पारेर, फुस्रो आस देखाएर, निजको ईच्छा बिपरित धम्काएर समुहमा आवद्ध गराउने र अनिवार्य ऋण बोकाउने काम किमार्थ हुदैन । तथापी यि सबै आरोपहरु सधै यहांहरुले लगाई रहनु हुन्छ के का निम्ति ? यहांहरुले पनि अब बुझ्नु पर्ने होईनर ?
जग्गा बैंकमा राखेका, ठुला परियोजना भएका ब्यक्तिहरुले लिएका कर्जा त खराब कर्जा गएका छन भने लघुवित्त वित्तीय संस्थाले त केही नभएका ब्यक्तिलाई काम गराउने उदेश्यले दिएको कर्जा निश्चयनै केहि खराब कर्जामा परिणत हुन सक्छ । के खराब कर्जामा गयो भन्ने बित्तिकै संस्थाको कर्मचारी ऋणीको घरमा जानै नहुने, ऋणसंग भेटघाट गर्नै नहुने, ऋणीलाई सोधपुछ गर्नै नहुने, ऋणीलाई राय सल्लाह दिनै नहुने के यो लघुवित्तको कमजोरी हो र ? संस्थाको कर्मचारी ऋणीको घरमा जादैमा घर छाडेर भाग्नै पर्ने हो र ? के संस्थाको कर्मचारीकै कारण ऋणीले घर छाडी भागेको हो त ? शिक्षित जन प्रतिनिधिले यहाँ सामन्जस्यता गर्नुपर्ने होईन र ?

४. स्थानिय जनता तथा बुद्धिजिवि ः
गाउंँ, टोल र छिमेकको बिकासमा रात दिन नभनि अहोरात्र खटिने बिकास प्रेमि अभियान्ताहरुलाई आजकल गाउँ, टोलमा झोला बोकेको देख्ने बित्तिकै बच्चा देखि बुढा सम्मको एउटै स्वर हुन्छ उ लघुवित्ते आयो, उ किस्तेवाला आयो, उ मंगलबारे आयो, उ २२ गतेको आयो, उ डुम्म्रेको आयो आदि आदि । दुःखको कुरा त्यही क्षेत्रका जनताको जिवनस्तर उकास्नको निमित्त, साहु महाजनको चक्रवर्ती ब्याजको दबदबाबाट राहत दिनको निमित्त स्थापना भएको लघुवित्त संस्था र यसमा कार्यरत कर्मचारीलाई धन्यबाद दिनुपर्नेमा कर्मचारीलाई कुट्ने र खेद्ने समुदायले र समुदायमा रहेका बुद्धिजिवि वर्गले समेत गहिराईमा सोच्ने बेला आएको छ । के बास्तबमा एकाध ब्यक्ति भन्दा बाहेकका ब्यक्तिले लघुवित्तबाट कर्जा लिएर जिवनस्तरमा आमुल परिवर्तन गरेका पनि थुप्रै उदाहरण छन् । तिनिहरुको डाटा हेर्नु पर्दैन, धेरै संस्थमा बस्ने, सबै संस्थाबाट कर्जा लिने, धेरै जनाको कर्जा एकै ब्यक्तिले संचालन गरी कर्जाको दुरुपयोग गरि लघुवित्त र यसका कर्मचारीलाई ऋणीलाई भेट्न जांदा धम्काउने, कुट्ने र खेद्ने गरेको पाईन्छ के यो गल्ति लघुवित्तको हो वा कर्जा दुरुपयोग गर्ने ब्यक्तिको हो स्थानिय भद्र भलाद्मी, बुद्धिजिवि सबैले बुझ्न जरुरी छ र यस्ता नकारात्मक प्रवृतिको स्थानिय जनता तथा बुद्धिजिवि वर्गले सकारात्मक भुमिका निभाउन जरुरी छ ।

५. . नेपाल प्रहरी ः
देशमा शान्ती सुरक्षा र अमनचैन कायम गराउन बसेको नेपाल प्रहरीको समेत यस क्षेत्रमा भुमिका खासै भएको पाईदैन । लघुवित्तका कर्मचारीले सहयोगको अपेक्षा राखेमा खुलेर सहयोग गरेको पाईदैन । स्थानिय स्थरमा परेको झमेलामा समेत नेपाल प्रहरीको सहयोग हुदैन । राष्ट्रको निति नियमको अधिनमा रहि दर्ता भएको संस्थालाई परेका समस्यामा प्रहरीको साथ सहयोग हुनुपर्ने होईन र ? लघुवित्त संस्था र यसमा कार्यरत कर्मचारीले सहयोगको अपेक्षा गर्नु कमजोरी हो र ? कर्मचारी दिन दहाडै लुटिदा, कुटिदा, वित्तीय संस्थाका शाखा लुटिदा नेपाल प्रहरीले सुरक्षा दिनुपर्ने होईन र ? यस क्षेत्रमा नेपाल प्रहरीको समेत सकृय भुमिका देखिदैन तसर्थ अबका दिनमा नेपाल प्रहरीको पनि सकृय साथ र सहयोग रहनु पर्दछ ।

६.पत्रकार ः
राष्ट्रको चौथो अंग मानिएको पत्रकार मित्रहरु यहांहरुको कलम चल्छ भन्दैमा समाजमा भ्रम फैलाउने समाचार सम्प्रेषण गर्नुको सट्टा बास्तबिक के हो ? बुझ्नु पर्ने समय आएको छ र वास्तबिकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु । प्यूठान दाखाक्वाडीमा लघुवित्त धेरै भएको नकारात्मक मात्र समाचार आयो तर तर तिनिहरुको सकारात्मक पक्षको बारेमा समाचार आएन के लघुवित्तले ग्रामिण बिकासमा निभाएको सकारात्मक भुमिका नपाएरै हो ? बैंकिङ्ग पहुंँच बाहिरका बिपन्न बर्गका समाजलाई बचत सिकाई बचत गर्न लगाउनु लघुवित्तको कमजोरी होला र ? समुहमा बिश्वासको बाताबरण बनाउनु गल्ती हो र ? निराक्षर समाजलाई साक्षर बनाउनु गल्ती होला र ? सिप भई प्रयाप्त पूँजी नभएका ब्यक्तिलाई पूँजिको ब्यबस्था गराई स्वरोजगार बनाउनु भुल हो र ? एउटै क्षेत्रमा धेरै लघुवित्तले कार्य गर्नु पर्ने अबस्था लघुवित्तको कारणले हो र ? कर्जा दुरपयोग गर्न लघुवित्तले सिकाएको हो र ? कर्जा नतिर्न लघुवित्तले भनेको हो र ? खराब ऋणीलाई भेटघाट तथा सोधपुछ गर्नै नपाउनेनी होला र ? संस्थाबाट लिएको कर्जा नतिर्दानी हुन्छ र ? लघुवित्तले राष्ट्र बिकासमा पुर्याएको देनलाई बिर्सन मिल्ने हो र ? खराब ऋणीले पटक पटक ढाटेर कर्जा नतिर्दा हुने अनि तिनैसंग लघुवित्तले खराब कर्जा असुल गर्दा चै कोकोहोलो गर्ने यस्तो पनि निश्पक्ष समाचार हुन्छ र ? पत्रकार मित्रहरुले सतहमा भन्दा बास्तबिकता तिर गई समाचार सम्प्रेषण गर्नु पर्ने होईन र ?

राष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त गहकिला प्रस्तोताको फितलो प्रदर्शनले एक पटक सोच्न बाध्य बनायो । यहांँ जस्तो सिनियर पत्रकारले राष्ट्रिय टेलिभिजनबाट यति कमजोर समाचार सम्प्रेषण नगर्न पर्ने थियो गर्नु भयो तर महोदयले रुपन्देहि को २—४ जना ब्यक्ति जसले लघुवित्तबाट कर्जा लिएर कर्जाको दुरुपयोग गरे, कर्जा तिरेनन् उहांँहरुको राम्रै बयान गरेको पाईयो तर तेहि रुपन्देहिमा लघुवित्तबाट कर्जा लिएर धेरै राम्रा उदाहरणीय काम गरेका थुप्रै ब्यक्ति पनि छन् खोई त तिनिहरुलाई सम्झनु भएको ? पांचथरमा लघुवित्तको कर्मचारी दिनदाहाडै बाटैमा मारिईन महोदय खोईत यिनका बारेमा बोलेको ? म्याग्दिको रुमनमा लघुवित्तको कर्मचारी कुटिईन महोदय खोईत यिनको बारेमा बोलेको ? रसुवामा लघुवित्तको कर्मचारीले कटाई खायो महोदय खोईत यिनको बारेमा बोलेको ? परासिमा लघुवित्तको कर्मचारीलाई गोलि ठोकि मारियो यो पनि त महोदयलाई थाहै रहेनछ होईन ? धरानमा कर्मचारीलाई ताकेर गोलि हानियो यो पनि त महोदयले सुन्नु भएको रहेनछ होईन ? के यिनिहरु चै यो देशका नागरिक होईनन् ? यिनिहरुको चै देशमा जिउने आफ्नो नैसर्गिक अधिकार हुन्न ? यिनिहरुको बारेमानित थोरै शब्द खर्च गरिदिनु भएको भए आकाशै खस्ने थियो र ? त्यसैले फाईदा र बेफाईदा सबै चिजका हुन्छन् । बिश्लेषण गर्दा दुबैको बारेमा गरौ । होईन बेफाईदा मात्रको पछाडी लाग्ने हो भने महोदयको पनि थुप्रै त्यस्ता अवगुणहरु होलान नी छैन होला र ? त्यसैले सबै पत्रकार मित्रहरुले समाचार सम्प्रेषण गर्दा, टेलिभिजनबाट समाचार सम्प्रेषण गर्दा बिशेष ध्यान दिई समाचार सम्प्रेषण गर्नुहुन अनुरोध समेत गर्दछु ।
अन्त्यमा देशको समग्र विकासमा लघुवित्त वित्तीय संस्था मेरुदण्डको रुपमा साबित भैसकेको बर्तमान सन्दर्भमा लघुवित्त वित्तीय संस्थालाई तमाम स्टेक होल्डर नेपाल राष्ट्र बैंक, नेपाल सरकार, स्थानिय सरकार, स्थानिय जनता तथा बुद्धिजिवि, नेपाल प्रहरी र पत्रकार सबैको साथ र सहयोग अनिवार्य छ र रहनेछ भन्ने पुर्ण अपेक्षा राख्दछु ।

अर्जुन प्रसाद पोखरेल लघुबित्त क्षेत्रमा लामो समय देखि कार्यरत छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]