April 15th, 2019

बैंकको प्रति शाखा सेवाग्राही ६२ सय माथि, प्रदेश २ मा दोब्बर

बैंकिङ खबर । नेपाल राष्ट्र बैंककको फागुन मसान्त सम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको गरी मुलुकभर ४ हजार ७ सय १ वटा शाखा कार्यलय सञ्चालनमा रहेका छन् । नेपालको कुल जनसंख्या २ करोड ९२ लाख १० हजार १ सय १८ को आधारमा एउटा शाखा कार्यलयले औषतमा ६ हजार २ सय भन्दा बढी मानिसलाई सेवा प्रदान गदैं आएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ३ हजार ५ सय ७६ वटा रहेका थिए । भने नेपालको कुल जनसंख्या २ करोड ८८ लाख १८ हजार २ सय १५ जना रहेका थिए । गत वर्षको फागुन मसान्तमा एउटा शाखाले औषतमा ८ हजार ५८ जनालाई बैंकिङ सेवा प्रदान गरेका थिए ।

मुलुक संघीय संरचनामा गएसँगै प्रत्येक स्थानीय तहको बजेट वाणिज्य बैंकहरु मार्फत नै पठाउने र हरेक स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने नीति सरकाले लियो । सरकारको उक्त नीति अनुरुप नेपाल राष्ट्र बैंकले बैंकहरुलाई स्थानीय निकायमा शाखा खोल्न निर्देशन दियो । बैंहरुले पनि स्वेच्छिक रुपमा स्थानीय निकायमा शाखा खोल्दै गए । बैंकहरुलाई शाखा खोल्न प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले स्थानीय तहमा जाँदा प्रति शाखा १ करोड रुपैयाँ र्निव्याजी रुपमा चलाउन दिने व्यवस्था पनि ग¥यो । फलस्वरुप ७ सय ५३ स्थानीय तह मध्ये ७ सय १३ स्थानीय तहमा वाणिज्य बैंकहकको उपस्थिती पुगिसकेको छ ।

राष्ट्र बैंकको पुष मसान्त सम्मको तथ्याङ अनुसार प्रदेश दुईमा एउटा शाखाले दिनुपर्ने सेवा सबैभन्दा बढी देखिएको छ । यो प्रदेशमा एउटा शाखाले १२ हजार १ सय ५० जनालाई बैंकिङ सेवा प्रदान गरिरहेका छन् । प्रदेश १ मा एउटा शाखाले औषतमा ६ हजार ६ सय ५ जनालाई सेवा दिईरहेका छन् । प्रदेश तीनमा बैंहरुले प्रतिशाखा औषतमा ४ हजार १ सय ३८ जनालाई बैंकिङ सेवा प्रदान गरिरहेका छन् ।

गण्डकी प्रदेशमा एउटा शाखाले ३ हजार ८ सय २६ जनालाई बैंकिङ सेवा प्रदान गरिरहेका छन् । प्रदेश ५ मा ६ हजार २६ जनालाई, कर्णाली प्रदेशमा एउटा शाखाले ९ हजार ८ सय ६३ जनालाई बैंकिङ सेवा उपलब्ध गराईरहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेशमा बैंकहरुले औषतमा प्रतिशाखा ९ हजार २ सय ६९ जनालाई बैंकिङ सेवा दिइरहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।


(स्रोत : नेपाल राष्ट्र बैंक)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]