May 18th, 2022

झन् मजबुद हुँदै डलर, हालसम्मकै उच्च मूल्य

बैंकिङ खबर/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेको छ । यसअघि गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा डलर विक्री भएको थियो ।

गत साता चैत २८ गते हालसम्मकै उच्च मुल्यमा डलर खरिद विक्री भएको थियो । सो दिन १ अमेरिकन डलरको खदिरदर १२३ रुपैयाँ ६५ पैसा र विक्रीदर १२४ रुपैयाँ २५ पैसा कायम भएको थियो । राष्ट्र बैंकका अनुसार बुधबार नयाँ रेकर्ड बनाएर १ डलर १२३ रुपैयाँ ८१ पैसामा खरिद र १२४ रुपैयाँ ४१ पैसामा विक्री भएको छ । फागुन २४ गतेको तुलनामा डलरको भाउ ९७ पैसा बढेको हो ।

बुधबार युरो र युके पाउण्ड स्टलिङको भाउ पनि बढेको छ । मंगलबार १ युरोको खरिददर १२८ रुपैयाँ ८८ पैसा रहेकोमा बुधबार बढेर १ युरोको खरिददर १३० रुपैयाँ ४३ पैसा र विक्रीदर १३१ रुपैयाँ शुन्य ६ पुगेको छ । मंगलबार विक्रीदर १२९ रुपैयाँ ५१ पैसा थियो । त्यसैगरी बुधबार युके पाउण्ड स्टलिङ १ को खरिददर १५१ रुपैयाँ ४५ पैसा र विक्रीदर १५२ रुपैयाँ १८ पैसा कायम थियो । तर, बुधबार बढेर १५४ रुपैयाँ ५० पैसा र विक्रीदर १५५ रुपैयाँ २५ पैसा कायम भएको छ ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फाइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ । अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ ।

नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ । यसले गर्दा ती वस्तुहरुको भाउ महँगिनेछ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।

यसअघि करिव २ वर्षअघि २०७७ बैशाख ५ गते १२३ रुपैयाँ २८ पैसामा अमेरिकन डलर खरीद भएको थियो । १० वर्षको डलरको भाउ हेर्दा २०७८ फागुन १८ गते (सन् २०१२ मे १) मा १ अमेरिकन डलरको भाउ ७८ रुपैयाँ ६१ पैसा थियो । त्यसयता लगातार बढेको डलरको भाउ २०७८ फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसा कायम भयो । मंगलबारको तुलनामा बुधबार (आज) भने डलरको भाउ ८ पैसाले घटेको छ । बुधबार डलरको भाउ १२३ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

डलको भाउलाई १० वर्षयताको उच्च र न्यून विक्रिदरलाई हेर्दा २०६८ फागुन १८ गते विक्रीदर ७८ रुपैयाँ ६१ पैसा थियो । सोही वर्षको चैत २ गते ८० रुपैयाँ २ पैसा, चैत २२ गते ८१ रुपैयाँ ४ पैसा कायम भएको थियो । २०६९ कै माघ २९ गते ८५ रुपैयाँ ९ पैसाय कायम भएको थियो । २०७१ जेठ ९ गते ९३.८६ रुपैयाँ विक्रिदर थियो ।

यस्तै २०७७ वैशाख १० गते १२२.२ रुपैयाँ विक्रिदर रहेको डलरको मुल्य २०७८ पुस १ गते १२२ रुपैयाँ ३ पैसा कायम रहेको थियो । यस्तै २०७७ वैशाख १० गते १२३ रुपैयाँ २ पैसा, २०७७ वैशाख ५ गते १ सय २३ रुपैयाँ ३ पैसा विक्रिदर रहेको थियो । २०७८ फागुन १८ गते १ सय २३ रुपैयाँ ४ पैसा विक्रिदर रहेको थियो । रुसको युक्रेनमाथिको आक्रमण अझैपनि शान्त नभएकाले आगामी दिनमा डलरको भाउ अझै बढ्दै जानसक्ने अर्थशास्त्रीहरु बताउँछन् ।

यसरी बन्यो अमेरिकी डलर विश्वकै शक्तिशाली मुद्रा

अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो ।

सन् १७८१मा कन्टिनेन्टल कंग्रेसले फिलाडेल्फियामा बैंक अपस् नर्थ अमेरिकाको स्थापना गर्यो । उक्त बैंक अमेरिकाको पहिलो औपचारिक बैंक थियो, जसको स्थापनाको एकमात्र उद्देश्य थियो, क्रान्तिकारी द्धन्द्धका लागि वित्तीय सहयोग जुटाउनु । यो बैंक पनि द्धन्द्ध समाप्त भएपछि टिक्न सकेन ।

१७८५ मा कन्टिनेन्टल कंग्रेसले डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रचलनमा ल्यो । त्यो समयमा विभिन्न निजी बैंकहरुले थुप्रै किसिमका मुद्राहरु छाप्ने गरेका थिए । सन् १७८९ मा संविधान बनेसँगै पुनः बैंकको आवश्यकता महशूस गरियो र कन्टिनेन्टल कंग्रेसले संयुक्त राज्यकै पहिलो बैंक स्थापना गर्यो । उक्त बैंकलाई नोट छपाईको अधिकार प्रदान गरियो, जसले मुद्रा छपाईँको विषयमा भएको अन्यौलता हटायो र व्यापार तथा कारोबारमा सहजता ल्यायो । सोही बैंकले संयुक्त राज्य कोषको वित्तीय एजेन्टको रुपमा र मुलुकको केन्द्रीय बैंकको रुपमा काम गर्न थाल्यो ।

यूएस मिन्टको सुरुवात

सन् १७९२मा संघीय मौद्रिक प्रणालीको स्थापना भयो जसले पिस्लाडेल्फियामा यूएस मिन्टको सुरुवात गर्यो । सन् १८१६ मा अमेरिकाको दोस्रो बैंकको स्थापना भयो । १८३६ सम्ममा थुप्रै निजी बैंकहरुले ३० हजारभन्दा बढी प्रकारका कागजी नोट छपाए । यसले विनिमयमा अन्यौलता ल्यायो भने कारोबारमा समस्या सृजना गर्यो । सन् १८६१ को सिभिल वारमा डिमाण्ड नोटको रुपमा कागजी मुद्रा छपाउने अधिकार कंग्रेसले केन्द्रीय बैंकको रुपमा काम गरिरहेको बैंकलाई दियो । सन् १८६२ मा उत्तस् डिमाण्ड नोटलाई युनाइटेड स्टेट्स नोटले विस्थापित गर्यो ।

त्यसपछि, संयुक्त राज्यको कोषको सेक्रेटरीलाई निजी बैंकहरुले छपाएको मुद्रालाई बन्द गर्न कंग्रेसले सघायो । ती नोटहरुलाई बन्द गर्ने व्यवस्था मिलाउन ६ वटा ट्रेजरी डिपार्टमेन्टका कर्मचारीहरुको श्रम खर्च भएको थियो । सन् १८६३ मा अमेरिकी मुद्राको डिजाइन तयार गरियो । सन् १८६५मा ट्रेजरी डिपार्टमेन्टले सुनको मुद्राको सट्टामा गोल्ड सर्टिफिकेट जारी गर्यो, जुन १९३३ सम्म चल्यो । ट्रेजरी डिपार्टमेन्टले विरोधलाई नियन्त्रण गर्न युनाइटेड स्टेट्स सिक्रेट सर्भिसको स्थापना गर्यो । सो समयमा, चल्तीमा एकतिहाई मुद्राको विरोध हुने अनुपान गरिएको थियो ।

राष्ट्रिय बैंक नोटको सुरुवात

सन् १८६६ मा अमेरिकी सरकारको सुरक्षामा जारी गरिएको राष्ट्रिय बैंक नोटले प्रभाव जमायो । यो समयमा बैंक निक्षेपको ७५ प्रतिशत हिस्सा राष्ट्रिय स्तरका बैंकहरुले ओगटेका थिए । यो समयसम्ममा राज्यस्तरका बैंक नोटहरु बन्द भइसकेकाले केही समयका लागि मुद्राको भाउमा स्थीरता देखियो । सन् १८७७ देखि ट्रेजरी डिपार्टमेन्टको इन्ग्रेभिङ एण्ड प्रिन्टिङ ब्युरोले सबै अमेरिकी मुद्रा प्रकाशन गर्न थाल्यो । सन् १८७८ मा ट्रेजरी डिपार्टमेन्टलाई सिल्भर डलर साट्नका लागि सिल्भर सर्टिफिकेट बनाउने जिम्मेवारी सुम्पियो, जुन सन् १९५७ सम्म चल्यो ।

१८९३ र १९०७ मा भएको वित्तीय संकटपछि १९१३ मा पस्ेडरल रिजर्भ एक्ट पारित भयो । यसले पस्डेरल रिजर्भ सिस्टमलाई मुद्रा प्रवाह तथा आर्थिक स्थीरता र वृद्धिका लागि कर्जाको नियमन गर्नका लागि मुलुकको केन्द्रीय बैंकको रुपमा खडा गर्यो । यो सिस्टमलाई पस्ेडरल रिजर्भ नोट प्रकाशन गर्ने अधिकार पनि दियो । हाल, अमेरिकामा चल्तीमा रहेका मुद्राको ९९ प्रतिशत हिस्सा पस्ेडरल रिजर्भ नोटले ओगटेको छ भने पस्ेडरल रिजर्भले मात्रै मुद्रा छपाईको अख्तियारी पाएको छ ।

२० औँ शताब्दीको अन्त्यमा सेक्युरिटी थ्रेडको सुरुवात

२० औँ शताब्दीमा प्रवेश गरेसँगै अमेरिकी मुद्रामा स्थीरता आइसकेको थियो । यद्यपि, मुद्राको डिजाइनहरुमा भने समयसमयमा सामान्य परिवर्तनहरु भए । सन् १९२९ मा मुद्राको आकारलाई २५ प्रतिशत घटाइयो र अगाडी फोटो र पछाडी स्मारक रहने गरी एक निश्चित डिजाइनमा ल्याइयो । सन् १९५७ मा पहिलोपटक कागजी मुद्रा जारी गरियो जसमा इन गड वी ट्रष्ट अर्थात भगवानमाथि हाम्रो भरोसा लेखिएको थियो । १९६३ र त्यसपछिका मुद्राहरुमा पनि सो भनाई राखिएको थियो ।

नक्कली नोट छपाईलाई बन्द गराउन सन् १९९० मा सेक्युरिटी थ्रेड तथा माइक्रोप्रिन्टिङको सुरुवात गरियो । १९९० देखि ५० र २० डलरका नोटमा यस्तो सेक्युरिटी राखिएको थियो । पछि, १९९३ देखि एक डलरबाहेक सबै दरका नोटमा यस्तो फिचर राख्न थालियो ।

नयाँ दरका नोट छपाउने भन्दै सन् १९९४ मा ट्रेजरी डिपार्टमेन्टले मुद्राको पुनः डिजाइन गर्यो । नयाँ डिजाइनको एक सय डलरको नोट सन् १९९६ मा सुरु भएको थियो भने ५० को १९९७ मा र २० को १९९८ मा सुरु भएको थियो । सन् २००० मा पाँच र १० डलर दरका नोटको पुनः डिजाइन गरियो र नोटहरुलाई थप सुरक्षित बनाइयो ।

यसरी, सन् १८६३ फेब्रुअरी २५ मा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनद्धारा नेशनल बैंकिङ एक्टमा हस्ताक्षर गरि अमेरिकी इतिहासमा पस्डेरल डलर छपाइका लागि मार्ग प्रशस्त गरिएको थियो । सोही मुद्रा आज आएर संसारकै शक्तिशाली मुद्रामध्येको एकका रुपमा चल्तीमा रहेको छ । अमेरिकी डलर आज अमेरिकामा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै प्रयोगमा आउने गरेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]