December 3rd, 2021

अपार्टमेन्टमा नयाँ आयाम ल्याउने ती इच्छाराज तामाङ !

बैंकिङ खबर । त्यसो त उनको प्रसस्तै सम्पत्ति छ । सिंगो सिभिल मल, सिभिल होम्स, सिभिल गु्रप गरी अरबौंको सम्पत्ति छ । तथापी व्यबहार विग्रिएपछि समस्या उत्पन्न भयो । र त उनी एकाएक आर्थिक संकटसँगै प्रहरीको फन्दासम्म पुगे । उनी हुन् इच्छाराज तामाङ ।

ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता भएको छ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुको निक्षेप ठगी गरेको आरोपमा तामाङविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिलले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि गत शुक्रबार (मंसिर १० गते) सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो । उनीसहित अन्य ११ जना पनि पक्राउ परेका थिए । 

तामाङले घरजग्गा व्यवसायबाटआम्दानी गर्दै आएका थिए । सोही नाफाबाट उनको व्यवसाय विस्तार भएको मानिन्छ । उनी रूसमा सिभिल इन्जिनियरिङ पढेका विद्यार्थी हुन् । उनकै कारण नेपाली समुदायमा घरजग्गाको नयाँ स्वरुप र ढाँचा भित्रिएको हो । घरजग्गाको व्यवसायमा आवास विकास गर्दै उनी नाफाउन्मुख भए । सिभिल होम्स उनको अपार्टमेन्ट तथा हाउजिङ निर्माणमा प्रख्यात कम्पनी हो ।


तामाङले वित्तीय क्षेत्रबाट ठूलो मात्रामा ऋण लिएर घरजग्गा व्यवसायमा लगानी गरेका थिउ । व्यवसाय बिग्रिएपछि उनी नगद रकमको अभावमा पर्दा समस्या निम्तिइएको हो । सिभिल सहकारीको अधिकांश रकम तामाङकै परियोजनामा लगानी गरिएको छ ।

उनले वर्षौ खर्चिएर आर्जन गरेको प्रतिष्ठा हो । पैसा हो । यत्तिकै आर्जन भएको धन होइन । मेहनत धेरै छ । तर महत्वकाँक्षासँगै नगदको अभाव, व्यबसायमा असहज र त्यसमाथि कोभिडका कारण पनि उनी समस्यामा परे । गत असोज १८ मा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ठगी आरोपमा पक्राउ गरेपछि तामाङको सबै बिरता हल्लीयो । मुख्यगरी आफ्‍ना रियल इस्टेट कम्पनीमा सिभिल सहकारीको अधिकाँस रकम उनले लगाए । होम्स समयमा विक्रि भएन । नगदको अभाव भयो र त निक्षेप कर्ताको सहकारीको पैसा बुझाउन उनी असमर्थ भए । उनले सिभिल सहकारीका निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम नियमविपरित कर्जाका रूपमा लिएको पाइएको छ । उनीमाथि संगठित रूपमा ठगी गरेको आरोप छ।

यो सहकारीमा करीब सात सय बचतकर्ताको ७ अर्ब ५० करोड रहेकोमा ५ अर्ब उनी एक्लैले चलाएका छन् । तामाङ विरुद्ध लामो समयदेखि विभिन्न सरकारी निकायमा उजुरी पर्दै आएका थिउ । उनी विरुद्ध सम्पत्ति शुद्धीकरण र राजस्व छलेका आरोपहरु पनि लागेका छन् । उनी सिभिल बेंकका अध्यक्ष समेत थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]