May 16th, 2018

कृषि क्षेत्रमा कृषि विकास बैंकको ३३ प्रतिशत लगानी 

बैंकिङ खबर । कृषि विकास बैंकले कृषि क्षेत्रमा ३३ प्रतिशत लगानी गरेको छ । कृषि विकास बैंकको कुल लगानी ९९ अर्व ५५ करोड रहेको छ । जसमध्ये बैंकले ३३ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको छ भने बाकी ६७ प्रतिशत लगानी अन्य क्षेत्रमा गरेको छ । बैंकको निक्षेप भने चैत्र मसान्तसम्ममा ९७ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । जसमध्ये, १० प्रतिशत लगानी कृषि क्षेत्रमा अनिवार्य हुनुपर्ने भनेको छ । कृषि विकास बैंकले भने कृषिमा मात्रै ३३ प्रतिशत लगानी गरेको छ ।

कृषि विकास बैंकले अन्य क्षेत्रभन्दा पनि कृषि क्षेत्रलाई बढी प्रथामिकता दिएर लगानी गर्ने गरेको छ । आगामी दिनमा कृषि क्षेत्रमा अझ बढी लगानी गर्ने बैंकको योजना छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]