August 15th, 2019

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३२ करोड नाफा कमायो

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा धेरै नाफा कमाउनुका साथै नाफामा इतिहास रचना गरेको छ । बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४।७५ मा बैंकले तीन अर्ब ६५ करोड ९२ लाख खुद मुनाफा कमाएको थियो । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले एक खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन गर कर्जा प्रवाहमा क्रमशः १५.७२ र २३.०३ प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानी १२.२४ प्रतिशतले बढेर १० अर्ब २२ करोड ९५ लाख पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ रहेको छ । खराब कर्जा ३.९० प्रतिशत रहेको बैंककोे आधार ब्याजदर ५.५० प्रतिशत, कोषको लागत ३.५२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४६प्रतिशत र सीसीडि ७२.७८ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]