August 6th, 2019

बैंकिङ क्षेत्रको नेतृत्वतहमा महिला सहभागीता बढ्दै

बैंकिङ खबर । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा महिला कर्मचारीहरुकोे सहभागीता बढ्दो छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरुले प्रमुख नेतृत्वमा बसेर समेत कार्यभार सम्हालेका छन् । अहिले केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरुको संख्या बढीरहेको छ । सरकारी होस् वा निजीक्षेत्रका बैंकिङ क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका उदाहरण धेरै छन् ।

व्यावसायिक हुन चाहने महिलामा अहिले केवल जाँगर र धैर्य भए उनीहरूका लागि छिट्टै सफलताको उचाइमा पुग्न सक्ने थुप्रै अवसर सिर्जना भएका छन् । बैंकिङ एउटा त्यस्तो क्षेत्र हो जहाँ महिलाले पर्याप्त आम्दानीका अतिरिक्त सामाजिक प्रतिष्ठा प्राप्त गर्न सक्छन् । साथै, सुविधा र सामाजिक प्रतिस्ठाको हिसाबले बैंकिङ क्षेत्रको जागिरलाई आकर्षक रोजगारीको रुपमा लिइन्छ । त्यसैले पनि महिलाहरुको आकर्षण पनि बैंकिङ क्षेत्रमा बढी देखिएको हो ।

बैंकिङ पारदर्शी क्षेत्र हो जसमा कार्यकुशलता सोझै करिअर वृद्धिसँग जोडिन्छ । करिअर बनाउन चाहनेहरूका लागि बैंकिङ क्षेत्र सुनौलो भविष्यको राम्रो प्लेटर्फम हो । पैसा र शक्तिभन्दा पनि अहिलेका युवाहरू केही गरेर देखाउन चाहन्छन् त्यो अवसर बैंकले दिन्छ ।
प्राय गरेर महिलाहरु बाहिर होस् या कार्यलयमा असुरक्षित महशुस गर्ने गर्दछन् । तर बैंकिङ क्षेत्र महिलाको लागि रोजगारीको धेरै राम्रो र सुरक्षित क्षेत्र मान्निछ । क्षमता प्रदर्शन गर्न सक्नेहरू छिटै माथि पुग्न सक्ने सम्भावना प्रबल हुन्छ । यो क्षेत्रमा सुविधामा महिला र पुरुष भनेर भेदभाव गरिँदैन ।

बैंक वित्तीय संस्थाभित्र पस्नासाथ काउन्टरमा प्रायः महिला कर्मचारी नै देखिन्छन् । अधिकांश बैंकमा महिला सहभागिता धेरै मात्र नभएर बैंकिङ क्षेत्रमा नेतृत्व गर्ने महिला पनि सक्षम छन भन्ने एक उदाहरण मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली बनेकी छिन् । साथै, केही समय अगाडि पूर्ण सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकमा अर्थ मन्त्रालयले श्रीमती शिवादेवी काफ्लेलाई बिगतमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । नेपाल राष्ट्र बैंकको कामु कार्यकारी निर्देशक पदबाट अवकाश भएपछि श्रीमती शिवादेवी काफ्लेलाई राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले प्रमुख कार्यकारी पदमा नियुक्ति दिएको थियो । उनले ४ महिनाभन्दा बढी समय राष्ट्रिय वाणिज्य बैंकको सिईओको कार्यभार सम्हालेकी थिइन ।

नेपालको बैंकिङ क्षेत्रमा म्यानेजमेन्ट तहको सिइओ, डेपुटी सिइयो तथा अन्य उच्च म्यानेजमेन्टतहकका कार्यभार मात्र महिलाले सम्हालेका छैनन् बैंकका संचालक समितीमा समेत रहेर बैंक संचालनमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन् । नेपालमा अहिले रहेका २८ वाणिज्य बैंकहरुको मूख्य तहहरुमा महिलाको सहभागिता बारे यहाँ देखाईएको छ ।

१. नेपाल बैंक लिमिटेड
सरकारको प्रत्यक्ष स्वामित्वमा रहेको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको म्यानेजमेन्टतहमा दुई जना महिलाहरु रहेका छन् । जसमा एसिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा समता पन्त (भट्ट) रहेकी छिन् । त्यस्तै, प्रतिभा डंगोल प्रदेश २ कार्यालयमा चिफ म्यानेजरको रुपमा रहेकी छिन् ।

२. कृषि विकास बैंक
सरकारकै लगानीमा रहेको कृषि विकास बैंकमा सञ्चालक समितिमा एक जना महिला रहेकी छन् । कृषि विकास बैंकको बोर्ड सदस्यको रुपमा रहेकी एकमात्र महिला हुन् इन्दिरा श्रेष्ठ (मास्के) । कृषि विकास बैंकको म्यानेजमेन्टतहमा भने कुनै महिलाहरुको सहभागीता रहेको छैन् ।

३. नविल बैंक
नविल बैंकको म्यानेजमेन्टतहको चिफ रिस्क अफिसरको रुपमा नमिता दिक्षित रहेकी छिन् भने कन्जुमर लेन्डिङः हाउजिङ तथा मोर्टगेजको म्यानेजरको रुपमा चाँदनी श्रेष्ठ रहेकी छिन् । त्यस्तै, इन्स्टिट्यूसनल बैंकिङ तथा डेभलोपमेन्ट अर्गानाईजेसन म्यानेजरको रुपमा सम्झना श्रेष्ठ रहेकी छिन् । नविल बैंकको वित्तीय कार्यालय प्रमुख अन्जुली श्रेष्ठ छिन् भने अपरेशनल रिस्क म्यानेजमेन्ट प्रमुखमा सावित्री दाहाल रहेकी छिन् । साथै, कम्प्लियन्स कार्यालयको व्यवस्थापकका रुपमा विनिता ढुङ्गाना रहेकी छिन् ।

४. नेपाल इन्भेष्टमेन्ट बैंक
इन्भेष्टमेन्ट बैंकको म्यानेजमेन्टतह तर्फ जोखिम व्यवस्थापकमा सुजता जोशी रहेकी छिन् । त्यस्तै सिर्जना पाण्डे कर्पाेरेट म्यानेजरको रुपमा रहेकी छिन् भने कम्प्लियन्स व्यवस्थापकका रुपमा बन्दना थापा कार्यरत रहेकी छन् । यस्तै बजार तथा बचततर्फ शोभा श्रेष्ठ छिन् भने कार्ड डिपार्टमा रीना चन्दले कार्यभार सम्हालेकी छिन् । साथै, दिना लामा मानव स्रोत साधनतर्फ छिन् भने उशा पाण्डे जेनेरल सर्भिसतर्फ रहेकी छिन् । रञ्जना श्रेष्ठ र मेनुका श्रेष्ठ बैंकल्पिक निर्देशक हुन्, जोखिम व्यवस्थापन कार्यालयका प्रमुखमा सिसम प्रधानाङ्ग जोशी, कम्प्लियन्स तथा इन्टर्नल कन्ट्रोल डिपार्टमेन्टका हेड भवानी घिमिरे कार्यरत रहेका छन् ।

५. स्ट्याण्डर्ड चार्टड बैंक
बैदेशिक लगानीमा रहेको स्ट्याण्डर्ड चार्टड बैंकको सञ्चालक समितीको निर्देशकमा करेना डि अल्विस रहेकी छिन् । बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

६. नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको म्यानेजमेन्ट तहमा १ महिलाको सहभागीता रहेको छ । जसमा बैंकको काठमाडौँ क्षेत्रीय व्यवस्थापकका रुपमा रोशनी भारती रहेकी छिन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

७. नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेशको म्यानेजमेन्ट तहको सह–प्रबन्धक का रुपमा सलोनीका सिंह रहेकी छिन् । यस्तै मानव संसाधन विभाग प्रमुखमा सरोजा कोईराला, क्रेडिट व्यवस्थापकमा चन्द्रा कुमारी श्रेष्ठ, कर्पोरेट सञ्चार तथा ब्रान्डिङ विभाग प्रमुखमा यात्री कोईराला कार्यरत रहेका छन् ।

८.एभरेष्ट बैंक
एभरेष्ट बैंकमा विभागीय प्रमुखहरुमा महिला सहभागिता रहेको छ । बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुखमा जानुका ताम्राकार रहेकी छिन् भने कार्य सञ्चालन विभाग प्रमुखमा प्रिती लामा कार्यरत रहेकी हुन् ।

९. सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंकको संचालक समितीमा १ जना महिलाको उपस्थिती रहेको छ । जसमा चन्दा कार्की बैंकले निर्देशक कार्यभार सम्हालेकी हुन् । साथै, बैंकको म्यानेजमेन्ट तहको चिफ एड्मिनिस्ट्रेटिभ अफिसरको रुपमा उमङ्ग शर्मा कार्यरत रहेकी छिन् ।

१०. लक्ष्मी बैंक
लक्ष्मी बैंकको उच्च पदमा १ जना महिलाको सहभागीता देखिएको छ । बैंकको रिप्रिजेन्टिङ जनरल पब्लिकको निर्देशकको रुपमा स्वाती रंगोता रहेकी हुन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

११. कुमारी बैंक
कुमारी बैंकको निर्देशकमा अनुराधा चौधरी रहेकी छिन् । साथै, बैंकको म्यानेजमेन्ट तहतर्फ रिना रिजाल डिपोजिट मार्केटिङ तथा इन्स्टिट्यूसनल बैंकिङ प्रमुखमा छिन् भने कर्पाेरेट कम्यूनिकेसन प्रमुखमा सिपा रेग्मी रहेकी छिन् । यस्तै केन्द्रिय कार्यसञ्चालन प्रमुखमा नमिता शाक्य छिन् भने मेलमिलाप प्रमुखमा सरिता दवाडी र वित्त बजार प्रमुखमा निर्मिता हाडा कार्यरत रहेका छन् ।

१२. प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको सञ्चालक समितिमा प्रोफेसर डा. मंगला श्रेष्ठ इन्डिपेन्डेन्ट निर्देशक रहेकी छिन् । भने बैंक म्यानेजमेन्ट तर्फ मानव संशाधन विभाग प्रमुख बन्धना मानन्धर, ट्रेड फाइनान्स विभागमा अर्पणा लासेउल तथा वित्त व्यवस्थापकमा स्वेछा कार्की कार्यरत रहेकी छिन् ।

१३. सनराइज बैंक
सनराइज बैंकको उच्च तहमा २ जना महिलाको सहभागीता रहेको छ । जसमा बैंकको निर्देशकमा शारादा शमार्म र म्याजेजमेन्ट तर्फ बैंकको कायम मुकायम कार्यकारी अधिकृतमा आशा राना अधिकारी रहेकी हुन् ।

१४. सेन्चुरी कर्मसियल बैंक
सेन्चुरी बैंकमा निर्देशकको रुपमा उमा कुमारी श्रेष्ठ रहेकी भने जोखिम व्यवस्थापन प्रमुखका रुपमा अनुपमा श्रेष्ठ मानन्धर रहेकी छिन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

१५. माछापूच्छ्रे बैंक
माछापूच्छ्रे बैंकको उच्च तहमा महिलाको सहभागीता शुन्य रहेको छ भने बैंकका अन्य तहहरुमा भने महिलाहरुको सहभागीता देख्न सकिन्छ ।
१६. सानिमा बैंक
सानिमा बैंकको निर्देशकको रुपमा गायत्री थापा रहेकी छिन् । बैंकको म्यानेजमेन्ट तहको उच्च तहमा पनि चार जना महिलाको महिला सहभागीता रहेको छ । जसमा, क्रेडिट एडमिन एण्ड रिकभरीमा रोमिला कोइराला, क्रेडिट रिस्क प्रमुखमा रमा खड्का, प्राएरीटी बैंकिङ प्रमुखमा रमिला श्रेष्ठ र सञ्चालन प्रमुखमा सविना श्रेष्ठ रहेकी छिन् ।

१७. एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकमा बैंकको उच्च तहमा महिलाको सहभागीता शुन्य रहेको छ भने बैंकका अन्य तहहरुमा भने महिलाहरुको सहभागीता देख्न सकिन्छ । साथै बैंकका केही शाखा कार्यलयहरुका मूख्य म्यानेजमेन्टमा भने महिलाहरुको सहभागिता देखिएको छ ।

१८. बैंक अफ काठमाडौँ लिमिटेड
बैंक अफ काठमाडौँको सञ्चालक समिति तथा म्यानेजमेन्ट तहमा महिला सहभागिता शून्य छ । केही शाखा कार्यलयहरुका म्यानेजमेन्ट मुख्य तहमा भने महिलाहरुको सहभागिता देखिएको छ ।

१९. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको सञ्चालक समितिमा महिला सहभागिता छैन । म्यानेजमेन्ट तहमा भने महिलाहरुको सहभागिता देखिएको छ । बैंकको इन्टिग्रेटेड रिस्कक प्रमुखमा शैलजा ज्ञवाली कार्यरत रहेकी छिन् भने उनी लगायत बैंकको म्यानेजमेन्टतहमा अन्य केही महिलाहरुको पनि सहभागीता रहेका छ ।

२०. एनएमबी बैंक
एनएमबी बैंकको मानव संसाधन तथा विजिनेश सपोर्टर अफिसर प्रमुखको रुपमा शबनम लिम्बु जोशी कार्यरत रहेकी छिन् । साथै बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२१. नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि) बैंक
नेपाल क्रेडिट एण्ड कमर्श बैंकको डेपुटी चिफ अफिसर तथा प्रवक्ताको रुपमा बन्दना पाठक रहेकी छिन । साथै बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२२. मेगा बैंक लिमिटेड
मेगा बैंकमा शिवा देवी काफ्ले बैंकको इन्डिपेन्डेन्ट डाइरेक्टरको रुपमा कार्यरत छिन भने अनुपमा कुञ्जेली प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् । त्यस्तै रवीना देशराज जोशी सहायक डेपुटी सीईओ, व्यवसाय विभाग प्रमुख प्रज्ञा पाण्डे, ग्लोबल मार्केट प्रमुखमा डेनी श्रेष्ठ, संसाधन विकास प्रमुखमा जेनु थापा कार्यरत रहेका छन् ।

२३. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको डिपार्टमेन्ट चिफको रुपमा सरस्वती अधिकारी कार्यरत रहेकी छिन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२४. जनता बैंक नेपाल
जनता बैंकमा मिना कुमारी सैंजु इन्डिपेन्डेन्ट डाईरेक्टरको रुपमा रहेकी छिन् । बैंकको उच्च म्यानेजमेन्ट तहका भने महिलाको सहभागीता रहेको छैन भने बैंकका अन्य म्यानेजमेन्ट तहमा महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२५. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको एसिस्टेन्ट जेनेरल म्यानेजरको रुपमा आरती रानाले कार्यभार सम्हालेकी छिन् । साथै बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२६. सिभिल बैंक
सिभिल बैंकको उच्च तहमा महिलाको सहभागीता देखिएको छैन भने बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२७. प्रभु बैंक
प्रभु बैंकको निर्देशकमा अम्बिका शर्मा लामिछाने र अन्जु अधिकारीले कार्यभार सम्हालेका छन् । यद्यपी, बैंकको उच्च म्यानेजमेन्ट उच्च तहमा महिलाको सहभागीता देखिएको छैन । भने, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

२८. हिमालयन बैंक
हिमालयन बैंकको संचालक समितमा २ जना महिलाको सहभागिता रहेको छ । बैंकको बैंकल्पिक निर्देशक पद रञ्जना श्रेष्ठ र मेनुका कार्यरत रहेका छन् । यस्तै बैंककोे उच्च म्यानेजमेन्ट तहमा पनि २ जना महिला नै कार्यरत रहेका छन् । जसमा बैंकको जोखिम व्यवस्थावन विभागीय प्रमुखमा सिसम प्रधानाङ्ग जोशी र अनुपालन तथा आन्तरिक नियन्त्रण विभागीय प्रमुखमा भवानी घिमिरे रहेकी छिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]