July 21st, 2019

प्रभु टिभी ओटीटी सेवा अब एनटीसी, एनसेल र स्मार्ट सेलमा पनि

बैंकिङ खबर । प्रभु समुहले सुचना प्रविधिको विकासको क्रमसंगै प्रभु टि.भि. ओटीटी प्रणालीमा आधारित मोबाईल, ट्याबलेट तथा ल्याबटपमा प्रभु टिभी एप्लिकेसन मार्फत हेर्न सकिने गरी उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरुको प्रशारण सेवा प्रारम्भ गरेको छ । अब बिभिन्न सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका ग्राहकहरुले पनि सहजै प्रभु टिभी ओटीटी सेवा लिन सक्ने भएका छन् । साथै, प्रभु टिभिका ग्राहकहरुले प्रत्येक सेटटप बक्समा एक जनाले निशुल्क ओटीटी सेवा समेत लिन सक्ने प्रभुले जनाएको छ ।

ग्राहकहरुको सुविधा र वर्तमान आवश्यकतालाई महसूस गरी निकट भविष्यमै यस कम्पनीले अन्य कम्पनीसँगको सहकार्यमा आईपिटिभी सेवा प्रदान गर्ने कार्यको सुरुवात गरिसकेको छ । जसअन्तर्गत ग्राहकहरुले सुलभ मूल्यमा एकै स्थानबाट इन्टरनेट तथा टिभिको सेवा सुविधा प्राप्त गर्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]