August 14th, 2019

जोखिम व्यवस्थापनमा मेनेजमेन्ट टिमको भूमिका महत्वपूर्ण

गभर्नर डा. चिरंजीबि नेपाल । नयाँ नयाँ सूचना तथा संचार प्रविधिको विकाससँगै वित्तीय क्षेत्रमा ठूलो परिवर्तन आएको छ । प्रविधिको प्रयोगले वित्तीय क्षेत्रको सुधारका साथमा जोखिम पनि बढाएको छ । यस परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्थाहरुले जोखिम व्यवस्थापनलाई ध्यानमा राख्दै प्रविधिको सदुपयोग गर्नुपर्दछ । २००८ को आर्थिक मन्दीपछि बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापनको विषयलाई बढी महत्वका साथ हेर्न थालिएको छ ।

नेपाल राष्ट्र बैंकले २०१८ डिसेम्बरमा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको छ । निर्देशिकाले कर्जा जोखिम, तरलता जोखिम, व्याजदर जोखिम, बजार जोखिम र संचालन जोखिमलाई सम्बोधन गरेको छ ।

कुनै पनि संस्थाको प्रभावकारी जोखिम व्यवस्थापनका लागि संचालक समितिदेखि कर्मचारीहरुसम्म सबैको भूमिका आवश्यक रहन्छ । जोखिम व्यवस्थापनका लागि संचालक समिति र सिनियर मेनेजमेन्ट कमिटिको भूमिका बढी महत्वपूर्ण हुन्छ । जसअनुसार, संचालक समितिले जोखिम व्यवस्थापनका लागि स्पष्ट योजना बनाउने र मेनेजमेन्ट टिमले त्यसको अक्षरशः कार्यान्वयन गर्ने गर्नुपर्दछ । संस्थाको योजना, नीति एवम् रणनीतिहरुलाई कार्यान्वयनमा ल्याउने काम व्यवस्थापनको हो । गभर्नर डा. नेपालद्धारा बिएफआईएनद्धारा आयोजित रिस्क मेनेजमेन्ट कन्फेरेन्समा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]