August 13th, 2019

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइट www.globalimebank.comमा गई आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]