November 7th, 2019

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति गठन

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्नका लागि अर्थ मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फयुालको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र आईक्यानका अध्यक्ष सिए कृष्ण आचार्य सदस्य छन् । समितिले बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्ने छ । जस मध्ये बाट एक जना बोर्ड अध्यक्षमा नियुक्त हुने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]