January 17th, 2019

एनएफआरएसका कारण नेपाल बैंकले लाभांश दिन पाएन 


बैंकिङ खबर। २१ वर्षदेखि लाभांश वितरण नगरेको नेपाल बैंकले यसपटक पनि लाभांश गर्न नसक्ने सम्भावना बढेको छ । लेखा परिक्षणको नयाँ विधि एनएफआरएस अनुसार रेगुलेटरी रिजर्भमा पैसा राख्नुपर्ने भएकाले बैंकले गत वर्षको नाफाबाट लाभांश दिन नसक्ने भएको स्रोतले जनाएको छ ।  
नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अनुसार लाभांश वितरण गर्न वित्तीय विवरणमा नाफा भएर मात्र हुदैन् । एनएफआरएसले निर्धारण गरेका मापदण्ड पुरागरेमा मात्र लाभांश वितरण गर्न मिल्छ । 

नेपाल बैंकले एफपिओ विक्रीबाट ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । प्रिमियम सहित गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने तयारीमा रहेको बैंकलाई एनएफआरएसले गर्दा नाफा वितरण गर्न नसक्ने अवस्थामा पु¥याएको हो । एनएफआरएस अनुसार कतिपय विषयमा पुनःमुल्याङ्कन गर्नुपर्ने हुन्छ । सोहि अनुसार पुनःमुल्याङकनपछि आउने नाफालाई चलाउन नपाउने व्यवस्थाका कारण रेगुलेटरी रिजर्भको व्यवस्था गरिन्छ । जसले गर्दा बैंकलाई लाभांस बाँड्न नसक्ने अवस्थामा पु¥याएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]