January 15th, 2019

बैंकहरु किन ढिला गर्दैछन साधारणसभा बोलाउन 

बैंकिङ खबर । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस)अनुसार वित्तीय विवरण बनाउनुपर्ने व्यवस्थाका कारण केहि बैंकहरुले आर्थिक बर्ष सकिएको ६ महिना भइसक्दा  समेत साधारणसभा बोलाउन सकेका छैनन् ।  नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्ष देखि एनएफआरएस प्रणाली अनुसार अनिवार्य रुपमा वित्तीय विवरण परीक्षण गराउनुपर्ने व्यवस्था गरेको थियो ।

उक्त नयाँ व्यवस्था अनुसार लेखा परीक्षण गर्र्दा समय लाग्ने भएकाले बैंकहरुलाई साधारणसभाको मिति घोषणा गर्न ढिलाई भएको होे । साधारणतया पुष मसान्त भित्र नै बैंकहरुले साधारणसभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर नयाँ प्रणाली अनुसार लेखा परीक्षण गर्नुपर्ने र यसमा बैंकहरुलाई केहि असहज हुने भएकोले नेपाल राष्ट्र बैंक पनि केहि उदार देखिएको छ ।

कति बैंकले गरे साधारणसभा ?
संचालनमा रहेका २८ वाणिज्य बैंक मध्ये १५वटा वाणिज्य बैंकहरुले साधारणसभा समयमै सम्पन्न गरेका छन् । साधारणसभा सम्पन्न गर्ने बैंकहरुमा एनआईसी एशिया बैंक, माच्छापुच्छ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल एसविआई बैंक, ग्लोबल आइएमई बैंक,  मेगा बैंक, सन्राइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, नेपाल बङ्लादेश बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एभरेष्ट बैंक र सानिमा बैंक रहेका छन् ।

यो बीचमा स्टान्र्डर्ड चार्टर्ड बैंक र बैंक अफ काडमाडौंले बोनस घोषणा गरेर साधारणसभा बोलाएका छन् । केहि बैंकहरुले लाभांश घोषणा मात्र गरेका छन तर साधारणसभा बोलाउन सकेका छैनन् । ६ वटा बैंकले बोनस घोषण गरेकोभए पनि साभारणसभा भने बोलाएका छैनन् । बोनस घोषणा गरेर साधारणसभा नबोलाएका बैंकहरुमा नविल बैंक, प्रभु बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक, र कुमारी बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सिभिल बैंक, कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकले भने अझै पनि आफ्ना लगानीकर्तालाई दिने लाभांश घोषणा गर्न सकेका छैनन् । यी र्बैकहरुको साधारणसभा बोलाउने सुरसार पनि छैन ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]