January 14th, 2019

कृषि बीमा गर्दैहुनुहुन्छ? यस्तो कागजात बनाउनु होस्


बैंकिङ खबर । नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि व्यवसायीक कृषि प्रणालीको विकास अझै हुन सकेको छैन् । कृषिमा बीमाको पहुँच र ज्ञान नहुँदा किसान जहिलेपनि जोखिममा हुन्छन् । त्यसैले पछिल्लो समय सरकारले कृषि बीमामा विभिन्न सहुलियत दिएको छ । त्यसैले कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । 

बीमा कम्पनीहरुको नियामक बीमा समितिले २०६९ देखि कृषि बीमा सुरु गरेको हो । समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ । तर किसानहरुमा बीमाको पहुँच अझै पुग्न सकेको छैन् । पुगेको ठाउँमा पनि बीमा गर्दा चाहिने कागजात बनाउन झण्झट हुने भएकाले पनि बीमा गर्न नचाहने देखिन्छ ।

सामान्यतया कृषि बीमा गर्दा चाहिने कागजातहरुः
पूर्ण रुपले भरिएको प्रस्ताव फाराम ।
सम्बन्धित प्राविधिकको सिफारीस पत्र ।
आवश्यकतानुसार सम्बन्धित कृषि कार्यालयको सिफारीस पत्र ।

दाबीका लागी चाहिने कागजातहरु 
सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
पूर्ण रुपले भरिएको दाबी फाराम
सम्बन्धित प्राविधिकको प्रतिवेदन
सम्बन्धित गा.पा., न.पा. वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी÷संधियारको सर्ज्मिन मुचुल्का
आवश्यक पर्ने पासपोर्ट साइजको फोटो


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]