January 13th, 2019

सिर्जना फाइनान्सको २४.५ % लाभांश पारित, राष्ट्रिय स्तरमा जाने 

बैंकिङ खबर । सिर्जना फाईनान्सले आफ्ना सेयरधनीलाई २४.५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बार्षिक सधारणसभासभाले २०७५ असारमसान्तको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ९.५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब पारित गरेको हो । 
चालु आर्थिक बर्षमा नेपाल राष्ट्र बैकको स्वीकृति लिएर झापा र ईलाममा कार्यक्षेत्र बिस्तार गरी सप्तरी, सुनसरी र मोरङ सहित पाँच जिल्ला कार्यक्षेत्र बनाउने र २०७६ असार भित्र ६० प्रतिशत हकप्रद सेयर निष्काशन गरी चालु वर्षको मुनाफाबाट बोनस सेयर बितरण गरी २०७६ असोज भित्र सिर्जनालाई राष्ट्रिय स्तरको बनाउने निर्णय गरेको छ ।

सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत भबानी शंकर चापागाञीले सेयर सदस्यहरुलाई स्वागत गर्दै सिर्जनाको बिगत र भाबी योजनाहरुका बारे बताए । साथै, सभामा पूर्व सञ्चालक लिला ढुंगेल, नेरुडे लघु बित्तका प्रबन्ध सञ्चालक मणी अज्र्याल, गोबिन्दराम कावरा, राजीब मिश्र लगायतले मन्तव्य राखेका थिए । 

सभाले सात सदस्यीय सञ्चालक समितिको संख्या घटाएर पाँच सदस्यीय बनाएको छ भने आगामी चारवर्षे कार्यकालकालागि सञ्चालक समितिमा संस्थापकबाट सुयश प्याकुरेल, सुवास आचार्य र सर्वसाधारणबाट मुकेश राठी, राजीबकुमार मिश्रलाई चयन गरेको छ । स्वतन्त्र सञ्चालकमा डा. प्रमोद कुमार झालाई यसअघि नै सञ्चालक समितिले नियुक्त गरीसकेको छ । 

४६ करोड ७ लाख ८२ हजार सेयर पूँजी, १ लाख २५ हजार ग्राहक संख्या, ५ अर्व ४० करोड निक्षेप, ३ अर्व ८५ करोड कर्जा र १९ करोड ३ लाख सञ्चालन मुनाफा रहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]