January 11th, 2019

ग्लोबल आइएमई बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न 

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकलार्य बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]