January 11th, 2019

गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश पारित

बैंकिङ खबर । गण्डकी विकास वैकले आफ्ना सेयरधनीलाई १४.२० प्रतिशत लाभांश लिने भएको छ ।  बैंकको ११ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफावाट चुक्तापूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, साधारणसभाले संचालक समितिको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन पास गरेको छ । 

साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले दिएका थिए । बैंकले आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप  २३ अर्ब ७३ करोड पुर्याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड पुर्याएको छ ।

हाल बैंकले ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै ABBS ATM, SMS, C-ASBA,IPS, Mobile बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट उपलब्ध गराउदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]