January 6th, 2019

कञ्चन डेभलपमेन्ट बैंकको ११.२९ प्रतिशत लाभांश पारित 

बैंकिङ खबर । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ११.२९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको नवौं बार्षिक साधरण सभाले चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र ६.२९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्याय पारित गरेको छ । साथै, उक्त साधरण सभाले आर्थिक बर्ष २०७४/७५ को वित्तीय विवरण समेत पारित गरेको छ । 

साधारण सभाबाट संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक पदको निर्वाचनमा शिव सिंह कार्की, हिक्मत बहादुर शाह र खगेश्वर बोहरा तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट निरन्जना पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । उक्त साधारण सभा समापन लगत्तै बसेको सञ्चालक समितिको बैठकले शिव सिंह कार्कीलाई पुनः सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव बिरु राम जैशीले सञ्चालन गरेको उक्त साधरण सभामा सञ्चालक खगेश्वर बोहराले स्वागत मन्तव्य दिएका थिए भने उपस्थित संस्थापक सेयरधनीहरुका तर्फबाट बिजयालक्ष्मी देवि अवस्थी, भुवनेश्वरी रावल, कृष्ण प्रसाद पाठक, धर्म राज जोशी र साधारण सेयरधनीहरुका तर्फबाट सुदर्शन जोशीले आफ्नो मन्तब्यका साथै, बैंकको उत्तरोत्तर प्रगतिको शुभकामनाका व्यक्त गर्दै बैंकले भविष्यमा लिनु पर्ने नीतिबारे आ–आफ्नो धारणा व्यक्त गरे । 

साधरण सभामा बैंकका सञ्चालक विष्णु सिहं विष्ट तथा हिक्मत वहादुर शाहले सहभागी शेयरधनिहरुलाई धन्यवाद निदुको साथै अन्तमा अध्यक्षले सेयरधनीहरुबाट उठाईएका जिज्ञासाहरुको बारेमा बैंकको धारणा स्पष्ट पारेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]