December 20th, 2018

नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच सम्झौता 

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच सम्झौता 
भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो । 

उक्त सम्झौतापत्रमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  विवेक झाले  हस्ताक्षर गरे  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]