November 18th, 2018

एनआईसी एशिया बैंक र एलआईसी नेपालबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।

मुलुकभर २६५ शाखा कार्यालयहरु, २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]