November 4th, 2018

कृषि बीमा गर्दा के के कागजात चाहिन्छ ?

बैंकिङ खबर । नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । 

बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।

सामान्य रुपमा कृषि बीमा गर्दा चाहिने कागजातहरु 
 पूर्ण रुपले भरिएको प्रस्ताव फाराम
.सम्बन्धित प्राविधिकको सिफारीस पत्र
.आवश्यकतानुसार सम्बन्धि कृषि कार्यालयको सिफारीस पत्र

दाबीका लागी चाहिने कागजातहरु 
सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
पूर्ण रुपले भरिएको दाबी फाराम
सम्बन्धित प्राविधिकको प्रतिवेदन
सम्बन्धित गा.पा, न.पा वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी÷संधियारको सर्ज्मिन मुचुल्का
आवश्यक पर्ने पासपोर्ट साइजको फोटो
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]