August 9th, 2018

भारुमा ऋण लिएर लगानी गर्न वाणिज्य बैंकहरुलाई बाटो खुल्यो

बैंकिङ खबर । बाणिज्य बैंकहरुले भारतीय रुपैयाँमा पनि ऋण लिएर लगानी गर्न पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । जसअनुसार, बैंकहरुले कुल प्राथमिक पूँजीको २५ प्रतिशतसम्म मात्र भारुमा ऋण लिन पाउने भएका छन् ।

यसरी ल्याइएको ऋण पूर्वाधार, सुरुङमार्ग, कृषि, पर्यटन लगायतका क्षेत्रमा मात्रै लगानी गर्न पाइने व्यवस्था गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका लागि यस्तो ऋण लिन पाइनेछ । ऋणको ब्याज दर भारत सरकारले जारी गरेको ३६४ दिन ट्रेजरी बिल्सको औषत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरेर ल्याउन पाइन्छ । 

यसअघि डलरमा ऋण ल्याउने बाटो खोलिदिएको थियो । डलरमा कसैले ल्याइसकेको भए त्योसमेत जोडेर प्राथमिक पूँजिको २५ प्रतिशत ऋण ल्याउन पाइने भएको हो । हालसम्म एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगमबाट डेढ अर्ब रुपैयाँ ऋण ल्याएको छ । अन्य केही बैंकले पनि प्रक्रिया अघि बढाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]