July 24th, 2018

भार्गव विकास बैंकद्धारा बोनस प्रस्ताव, चुक्तापुँजी ५० करोड नाघ्ने

बैंकिङ खबर । भार्गव विकास बैंक लिमिटेडले ५.५५५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लगानीकर्तालाई अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस वितरण गर्ने निर्णय गरेको हो । बैंकले दुई करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयरको साथमा ०.२९५ प्रतिशत अर्थात १३ लाख ८९ हजार चार सय ७३ दशमलव ६८ रुपैयाँ नगद लाभांश पनि दिनेछ । भार्गवले गत वर्ष निष्कासन गरेको हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो । बोनसपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ नाघ्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]