July 20th, 2018

नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट, प्राइम लाइफ प्रोमोटरको धेरै कारोबार

बैंकिङ खबर । साताको पहिलो दुई दिन बढेर पछिल्लो तीन दिन घटेको सेयर बजार ११९३.३९ अंकमा कायम भएको छ । साताभरमा नेप्से परिसूचक १.४१ अंकले मात्रै बढेको हो । गत साता परिसूचक ११९१.९८ अंकमा बन्द भएको थियो । यो साताको सुरुवात ८.११ अंकबाट भएको थियो भने सोमबार १२.२७ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२१२.३६ अंकसम्म पुगेको थियो । त्यसपछि नेप्से निरन्तर घटिरहेको छ ।

परिसूचक घट्ने क्रममा रहे पनि कारोबार रकम भने उतारचढावको क्रममा रहेको छ । बजार बढेको सुरुका दुई दिनमा गरेर ५१ करोड १६ लाखमाथिको कारोबार भयो । मंगलबार २० करोडको मात्रै कारोबार भयो भने बुधबार बजार साढे १७ करोडको कारोबारमा सिमित हुन पुग्यो । विहीबार उल्लेख्य वृद्धि हुँदै ५६ करोडमाथिको कारोबार भयो । यस आधारमा हेर्दा, साताभरमा एक अर्ब ४५ करोड ५१ लाख ५७  हजार सात रुपैयाँको कारोबार भएको जुन गत साताको तुलनामा कम हो । गत साता दुई अर्ब ११ करोड १७ लाख ३४ हजार ६२ रुपैयाँको कारोबार भएको थियो ।

पाँच दिनमा १८६ कम्पनीहरुको ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर १५ हजार एक सय २८ पटक खरिदविक्री भएका छन् । साताभरमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (संस्थापक) को सबैभन्दा धेरै ३५ करोड ८० लाख १० हजार रुपैयाँको कारोबार भयो । सोही कम्पनीको सबैभन्दा धेरै १२ लाख ५२ हजार कित्ता सेयरको कारोबार भयो । त्यस्तै, नविल बैंकको सेयर सबैभन्दा धेरै ९६८ पटक खरिदविक्री भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]