July 3rd, 2018

‘मेरो सेयर’को नाममा अवैधानिक एप : प्रयोग नगर्नुहोस् है !!!

बैंकिङ खबर । केन्द्रीय निक्षेप प्रणालीले विकास गरेको सेयर सम्बन्धि अनलाइन सफ्टवेयर मेरो सेयरको नामबाट मोबाइल एप निर्माण गरिएको छ । गुगल प्लेमा अहिलेसम्म यो एप १ हजारभन्दा बढी डाउनलोड भएको देखिन्छ । उक्त एप अवैधानिक भएको भन्दै सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले एप डाउन लोड नगर्न लगानीकर्तालाई सजग गराएको छ । 

सिडिएससी आफैले तयार पारेको मेरो शेयरको सफ्टवेयरलाई अरु नै कसैले अनाधिकृत रुपमा मोबाईल एप बनाएको भन्दै यस्तो एप प्रयोग नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको हो । प्लेस्टोरमा ’लिटिल डि बिजनेस’ को नामबाट मेरो शेयरको नाम राखी अवैधानिक रुपमा प्रयोग गरेको भन्दै सिडिएसीले उक्त एप बन्द गराउनका लागि आवश्यक कदम अघि बढाएको जनाएको छ ।

लगानीकर्ताले यस्तो एप डाउनलोड गरेर आफ्नो हितग्राही खाता राख्दा लगानीकर्ताको सुरक्षामा प्रभाव पर्ने भन्दै सिडिएससीले सम्पुर्ण लगानीकर्तालाई प्रयोग नगर्न ध्यानाकर्षण गरेको छ । सिडिएससी आफैले आधिकारिक रुपमा एप ल्याउने तयारी गरेको हुँदा अहिले चलाइरहेको मोबाइल एप तुरुन्त बन्द गर्न समेत सिडिएससीले अनुरोध गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]