May 13th, 2018

आधा दर्जन निर्जिवन बीमा कम्पनीको रिपोर्ट : चैत्र मसान्तसम्ममा कुनको अवस्था कस्तो ?

बैंकिङ खबर । आधा दर्जन निर्जिवन बीमा कम्पनीले आफ्नो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबै कम्पनीले नाफा बढेको विवरण सार्वजनिक गरेका छन् । शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने नेपाल इन्स्योरेन्सले सबैभन्दा थोरै छ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हेरौँ, छ वटै निर्जिवन बीमा कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट :

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा शिखरले २६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्सले जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ७९ करोड ४ लाख रुपैयाँ राखेको छ । शिखर इन्स्योरेन्सले आम्दानीमा १६ दशमलव ४७ प्रतिशतले वृद्धि गरी ५० करोड ९७ लाख रुपैयाँ पुर्याएको छ भने खर्च १६ दशमलव ३७ प्रतिशतले बढेर १९ करोड ९६ लाख रुपैयाँँ पुगेको छ । बीमा शूल्क आर्जन एक अर्ब २२ करोड रुपैयाँ र दाबी भुक्तानी (खुद) ५५ करोड ७० लाख रुपैयाँ पुगेको छ । 

तेस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी वार्षिकीकरण ३९ दशमलव ६६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २५ दशमलव ५४ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ९६ दशमलव ९७ रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड तीन लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले मुनाफा १२ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३४ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा ३० करोड १६ लाख रुपैयाँ र बीमाकोषमा ३८ करोड ९५ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ६१ दशमलव ७९ प्रतिशत बढेर ३४ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने खर्च ५९ दशमलव ४३ प्रतिशतले बढेर १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ६२ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ भने २८ करोड ४५ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३५ दशमलव ७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २ सय ३६ दशमलव १४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात १५ दशमलब २९ गुणा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

६४ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडकोषमा १२ करोड ७ लाख रुपैयाँ र बीमाकोषमा ५० करोड २९ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी ३० करोड ९ लाख रुपैयाँ पुगेको छ भने खर्च १२ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा शुल्क खुद ६५ करोड ६७ लाख रुपैयाँ र दाबी भुक्तानी खुद ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३७ दशमलव ५० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव २४ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ७ दशमलव १६ रुपैयाँ रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा २४ दशमलव ६३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लुम्बिनीले ११ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

८८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा १० करोड ७३ लाख रुपैयाँ र बीमाकोषमा ३९ करोड ८४ लाख रुपैयाँ रहेको छ । आम्दानीमा २४ दशमलव ७३ प्रतिशतले बढेर २३ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने खर्चमा २४ दशमलव ९३ प्रतिशतले बढेर ९ करोड २७ लाख रुपैया पुगेको छ । कम्पनीले ५४ करोड ९७ लाख बीमा शुल्क खुद आर्जन गरेको छ भने दाबी भुक्तानी खुद २८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ दशमलव ९३ रुपैयाँ, मुल्य आम्दानी अनुपात २४ दशमलव ६२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६१ दशमलव ४५ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मुल्य २ सय ७० दशमलव ३४ रुपैयाँ रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आठ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ७३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा आईएमईले छ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

५४ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ४७ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानीमा ६५ दशमलव ५१ प्रतिशतले बढेर १४ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १ सय ४४ प्रतिशतले बढेर ६ करोड १७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले हालसम्म कुल बिमा शुल्क रकम ६७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी शुल्क रकम १६ करोड १० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० दशमलव ३४ पैसा, मुल्य आम्दानी अनुपात ४२ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३४ दशमलव ०७ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मुल्य २ सय ६२ दशमलव १९ रुपैयाँ रहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले पाँच करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३० करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले जगेडा तथा कोषमा १७ करोेड ९४ लाख रुपैयाँ र बीमा कोषमा १६ करोड ९९ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ५३ दशमलव ०८ प्रतिशतले बढेर १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने खर्च ८६ दशमलव ६६ प्रतिशतले बढेर पाँच करोड ६२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ३० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ भने भुक्तानी दाबी (खुद) ११ करोड ३६ लाख रुपैयाँ बराबरको गरेको छ 

कम्पनीको प्रतिसेयर आम्दानी २१ दशमलब ५९ रुपैयाँ, पि ई अनुपात २८ दशमलब ०२ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ५ दशमलब ९१ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]